site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
साउदी अरबको ‘अरामको’ लाई ठूलो झट्का
Sarbottam CementSarbottam Cement

एजेन्सी । कोरोना भाइरसको महामारीले साउदी अरबको गौरव मानिने सरकारी तेल कम्पनी ‘अरामको’ मा पनि नराम्रो असर परेको छ । यस वर्षको दोस्रो त्रैमासिकमा ‘अरामको’ को आम्दानीमा ७३ प्रतिशत गिरावट आएको छ ।

कोरोना भाइरसको महामारी र संक्रमणबाट जोगिन विश्वभर लगाइएको प्रतिबन्धका कारण तेलको माग र मूल्यमा आएको गिरावटको प्रत्यक्ष असर साउदीको तेल कम्पनी ‘अरामको’ मा पनि परेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कम्पनीले यस वर्ष ७५ अर्ब डलर लाभांशका रुपमा भुक्तान गर्नुपर्नेछ । वैश्विक बजारमा तेलको घट्दो मागका कारण ‘अरामाको’ ले आफूलाई स्वयम् प्रभावित भएको पाएको छ । यद्यपि, कम्पनीका कार्यकारी प्रमुख (सीईओ) आमिन नासिरले वैश्विक बजारमा तेलको स्थिति सुधर भइरहेको बताएका छन् ।

साउदी अरबको राजस्व घाटालाई सन्तुलित राख्‍न ‘अरामाको’ को लाभांशको अहम् भूमिका हुने गर्छ । यस वर्ष ३० जुनमा सकिएको दोस्रो त्रैमासिकमा कम्पनीको आम्दानीमा ६.५७ को गिरावट आएको छ । गत महिनाको अन्तिमतिर ‘अरामको’ लाई पछाडि पार्दै ‘एप्पल’ विश्वकै सबैभन्दा ठूलो ‘पब्लिक कम्पनी’ बनेको थियो । -बीबीसी

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७  १३:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC