site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सान्चो डर्टमन्डमै खुसी
Sarbottam CementSarbottam Cement

एजेन्सी । प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा हस्तान्तरण नभए आफू बोरुसिया डर्टमन्डमा खुसी रहेको जाडोन सान्चोले बताएका छन् । 

जर्मन रिपोर्टका अनुसार उनले डर्टमन्डमा पूर्ण समर्पित र प्रतिबद्ध हुने क्लबलाई जानकारी दिएको जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

२० वर्षीय विंगर सान्चो यतिबेला युनाइटेडसँग जोडिएका छन् । व्यक्तिगत शर्तहरूमा सहमति भइरहे पनि शुल्कका विषयमा भने डर्टमन्ड र युनाइटेडबीच समहती हुन सकिरहेको छैन् ।
  
युनाइटेड सान्चोका लागि १०८ मिलियन पाउण्ड तिर्न तयार नभएको रिपोर्टमा उल्लेख गरिएको छ । यता जर्मन क्लब भने सान्चोको मूल्य घटाउन तयार भएको र्छैन् । यसै समय सान्चोले युनाइटेडसँगको सम्झौता सफल नभए आफु क्लबका लागि पहिले जस्तै पूर्ण समर्पण र प्रतिबद्धताका साथ काम गर्ने प्रतिक्रिया दिएका छन् । 

सान्चोले यस सिजन १९ गोल गर्दै १९ असिस्ट प्रदान गरेका थिए । उनले अर्को सिजन आफ्नो यसै लयलाई दोहर्‍याए जुन सुकै क्लबमा रहेपनि क्लबलाई ठूलो प्रोत्साहन दिलाउने छन् । 

Global Ime bank

यता युनाइटेड यस समयमा सान्चो अनुबन्धका लागि कुनै क्लब प्रतिस्पर्धामा नरहेकाले सहज छ । तर, अन्य क्लबले सान्चो अनुबन्धका लागि चासो देखाएको खण्डमा युनाइटेडलाई भने गाह्रो पर्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७  १२:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC