site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
लियोनविरुद्ध युभेन्ट्सलाई जित्नै पर्ने दबाब
Sarbottam CementSarbottam Cement

एजेन्सी । इटालियन सिरी ए च्याम्पियन युभेन्ट्सलाई फ्रान्सेली लिग वान क्लब लियोनविरुद्ध जित्नै पर्ने दबाब छ । च्याम्पियन्स लिगअन्तर्गत शीर्ष १६ को पहिलो लेग गुमाएको युभेन्ट्सलाई दोस्रो लेग जित्नै पर्ने दबाब रहेको हो । 

युभेन्ट्स र लियोनविरुद्धको दोस्रो लेग युभेन्टसको घरेलु मैदानमा नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

कोरोना भाइरसका कारण च्याम्पियन्स लिग स्थगित हुनुपूर्व लियोनको घरेलु मैदानमा भएको शीर्ष १६ को पहिलो लेगमा युभेन्ट्स १–० गोले पराजित भएको थियो । त्यसैले च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान बनाउन युभेन्टसलाई जित्नै पर्ने दबाब बढेको हो । 

घरेलु मैदानमा युभेन्टसले अर्को चरणमा स्थान बनाउन कम्तिमा पनि २–० गोलले जित्नुपर्नेछ । यदि दोस्रो लेग २–१ गोलले जिते पनि लियोन अवे गोलका आधारमा च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गर्नेछ । 

Global Ime bank

यता लियोनलाई भने घरेलु टोलीलाई रोक्न चुनौती हुनेछ । लियोन घरेलु टोलीलाई कम्तिमा पनि बराबरीमा रोक्न सके अर्को चरणमा प्रवेश गर्नेछ । तर, घरेलु मैदानमा स्टार स्ट्राइकरद्वय क्रिस्यिानो रोनाल्डो र पाउलो डिबालालाई रोक्न त्यति सजिलो भने हुने छैन ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७  ०९:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC