site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पहिलो पारिमा इङ्ल्यान्डविरुद्ध पाकिस्तान बलियो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । इङ्ल्यान्डविरुद्धको पहिलो टेस्टको पहिलो पारिमा पाकिस्तान बलियो देखिएको छ । १०९.३ ओभर खेल्दै ३ सय २६ रन जोडेको पाकिस्तान पहिलो पारिमा इङ्ल्यान्डविरुद्ध बलियो देखिएको हो । यता इङ्ल्यान्डले जवाफी ब्याटिङ गर्दै २८ ओभरमा चार विकेट गुमाएर मात्र ९२ रन जोडेको छ । पहिलो ओभरमा नै ओपनर ब्याट्सम्यान रोरि जोसेफ बुर्न्सलाई गुमाएको इङ्ल्यान्डले चौथो ओभरमा डोम सिब्लीलाई गुमाउँदै खराब सुरुवात गरेको थियो ।

त्यसको लगत्तै बेन स्टोक्स र कप्तान जोए रुट पनि आउट भए । रुट १४ रनमा आउट हुदा सिब्ली ८, रोरि ४ र स्टोक्स शुन्य रनमा पेभेलियन फर्किएका थिए । पाकिस्तानका लागि मोहम्मद अब्बस्ले दुई तथा शाहिन अफ्रिदि र यसिर शाहले एक एक विकेट लिए । त्यसपछि मैदान आएका ओले पोपेले इङ्ल्यान्डको पारि सम्हालेका थिए । उनी ५६ रनमा अविजित छन । त्यस्तै विकेटकिपर ब्याट्सम्यान जोस बुट्लर २५ रनमा अविजित छन । पोपे र बुट्लरले तेस्रो दिनको पारी त्यहिबाट आज सुरु गर्ने छन् ।

यता पाकिस्तानले भने १०९.३ ओभरमा सबै विकेट गुमाउँदै ३ सय २६ रन जोडेको थियो । पाकिस्तानका लागि शन मसूदले शतकीय पारि खेले । उनले १५६ रनको शतकीय पारि खेलेका हुन् । त्यस्तै बाबर आजमले ६९ रनको अर्धशतकीय पारि खेल्दा शाबाद खानले ४५ रनको योगदान दिएका थिए । इङ्ल्यान्डका लागि स्टुवार्ड ब्रोड र जोफ्रा आर्चरले समान तीन तीन विकेट लिए । त्यस्तै क्रिस ओक्सले दुई तथा जेम्स एन्डरसन डोम बिसले एक एक विकेट लिए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७  ०८:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC