site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
स्वास्थ्य मन्त्रालयले भन्‍यो - कोरोनाको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री एक महिनाका लागि पुग्‍ने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोना भाइरसको परीक्षण र उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री एक महिनालाई पुग्‍ने गरी मौज्दात रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना भाइरस नियन्त्रण र रोकथाममा आवश्यक स्वास्थ्य सामग्री मौज्दात रहेको जानकारी दिए । उनका अनुसार थप आवश्यक स्वास्थ्य सामग्री ल्याउने तयारीमा रहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैगरी कोरोनाको संक्रमितको उपचारका गरेवापत अस्पताललाई अनुदान दिने आदेश २०७७ स्वीकृत भएको समेत उनले जानकारी दिए । 

 लक्षण नभएका वा सामान्य लक्षण भएका संक्रमितको घरमा गएर उपचार तथा निगरानी गरेवापत स्वास्थ्यकर्मीहरुलाई दैनिक २ सय रुपैंया दरले दिने निर्णयभएको उनले जानकारी दिए । 

Global Ime bank

आइसोलेन सेन्टर वा अस्पतालमा संक्रमितको उपचार गरेबाट दैनिक दुई हजार रुपैंयाका दरले दिने निणय भएको उनले बताए ।

यसैगरी, सामान्य लक्ष्ण भएका ६० वर्षका दिर्घरोगी वा स्वास्थ्य समस्या भएका संक्रमितको व्यवस्थापन गर्ने अस्पताललाई प्रतिदिन प्रति व्यक्ति तीन हजार ५ सय रुपैंया दिने निर्ण भएको समेत उनले जानकारी दिए । 

मध्यम जटिल संक्रमितको उपचार गर्ने प्रतिदिन प्रतिव्यक्तिको उपचार गर्ने अस्पताललाई सात हजार दिने निर्णय भएको छ । उनका अनुसार जटिल संक्रमितको व्यवस्थापन गर्ने अस्पताललाई प्रति बिरामी १५ हजारका दरले दिने निर्णय भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १४, २०७७  १७:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC