site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

देशमा हुर्केको ‘लुटतन्त्र’ राज्य संयन्त्रकै मूल प्रवत्ति बन्न पुग्नु अत्यन्त चिन्ताको विषय हो । ‘गाउँ गाउँमा सिंहदरबार’को अरू अर्थ त देखा परेको छैन तर लुटतन्त्र भने गाउँ गाउँमा पुगेको छ । गण्डकी प्रदेश सरकारले एउटै निजी फर्मलाई दुई शिर्षकमा कार्यविधिविपरीत एक करोड रुपियाँ भन्दा बढी अनुदान दिएको छ । महालेखा परीक्षकले ‘असुल गर्नुपर्ने’ बेरुजुका नाममा औल्याएको यो ‘अनुदान’ प्रकारान्तरले लुटतन्त्रकै एउटा संस्करण हो । तनहुँका प्रमुख जिल्ला अधिकारीको चार महिनामै सरुवा भएको छ । जिल्लाभर फैलिएका ‘अवैध’ क्रसर बन्द गराउन उनले केही यता सक्रियता देखाएका रहेछन् । तर, जिल्लाका राजनीतिक नेताहरूको संरक्षणमा रहेको लुटतन्त्रका लागि प्रमुख जिल्ला अधिकारीको विधि पालना गराउने सक्रियता सह्य भएन । उनको सरुवा भयो ।

यी दुवै प्रतिनिधि घटनामात्र हुन् । देशभर यस्ता उदाहरण बग्रेल्ती भेटिन्छन् । अब त राष्ट्रिय सम्पदामा लुट भएन भनेमात्र आश्चर्य मान्नुपर्ने अवस्था देखिन थालेको छ । लाग्छ, सिंहदरबार गाउँगाउँमा लुटतन्त्रको प्रतिनिधि बनेर पुगेछ । सिंहदरबार बनेदेखि नै लुटतन्त्रको प्रतीक रहिआएको हो । राणा प्रधानमन्त्रीहरूले हाकाहाकी लुट्थे । पछि लुटलाई विभिन्न रूप दिइयो । तैपनि, लुट मूलतः सिंहदरबारमा केन्द्रित थियो । राज्यको दोहन गर्ने पात्र सीमित थिए । राज्यको लुटलाई ‘पौरख’ ठान्ने समाजमा राजनीति लुट अभिमुख हुनु सायद अस्वाभाविक पनि होइन । संघीय शासन प्रणाली अपनाएपछि सिंहदरबार गाउँगाउँमा पुग्यो भनियो । दुर्भाग्य, यसरी जाँदा सबैभन्दा पहिले लुटतन्त्र पो गाउँमा पुगेछ । अहिले जताततै त्यही लुटतन्त्र विभिन्न रूप र शैलीमा प्रकट भएको छ । कार्यविधि मिचेर अनुदान सोहोर्ने वा अवैध क्रसर सञ्चालकका स्वार्थमा प्रमुख जिल्ला अधिकारी सरुवा हुने यही लुटतन्त्रका दृष्टान्त न हुन् ।  

लुटतन्त्र सत्तारुढ दलको नेतृत्वमा चलेको छ । तर, प्रमुख विपक्ष पनि त्यसमा उत्तिकै जिम्मेवार हुन्छ । महालेखाले असुलउपर गर्नुपर्ने बेरुजु ठहर गरेको अनुदान घोटालाका सम्बन्धमा गण्डकी प्रदेश सभामा सम्भवतः कहिल्यै प्रश्न उठाइएन । तनहुँमा संघीय र प्रदेश सभामा सबै स्थानमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विजयी भएको छ । तर, स्थानीय पालिकाहरूमध्ये अधिकांशमा नेपाली कांग्रेसका उमेदवारले जितेका छन् । अवैध क्रसर कांग्रेसले जितेका पालिकामा पनि सञ्चालित छन् । तर, अवैध क्रसर हटाउन कुनै पालिकाले पहल गरेको अहिलेसम्म सार्वजनिक भएको छैन । यसको अर्थ त लुटतन्त्रमा सबैको सहमति रहेको र ‘सहभोजन’ भएको छ भन्ने नै हो । लुटतन्त्र पूरै रोक्न नसके पनि केही कर्मचारीमात्रै इमानदार हुने हो भने कम गर्न सकिने देखिन्छ । महालेखा परीक्षणमा बेरुजु औँल्याइपछि कम्तीमा यस विषयमा राष्ट्रको ध्यान त आकर्षित भयो नि ! लुटतन्त्र भत्काउन राजनीतिक दृढता नै चाहिन्छ तर निकट भविष्यमा त्यसको सम्भावना निकै कम देखिन्छ । यसैले अहिले जति सकिन्छ लुटतन्त्रको बाटामा भाँजो हाल्ने काम गर्नु इमानदार राष्ट्रसेवक र सञ्चारकर्मीको कर्तव्य भएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ८, २०७७  १७:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC