site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौं र कैलालीबाट हतियार बरामद
SkywellSkywell

काठमाडौं । काठमाडौं र कैलालीबाट विभिन्न हतियार बरामद भएको छ । कैलाली, धनगढी उपमहानगरपालिका १७ पथरी बस्ने सोमबहादुर चौधरीको घरबाट विभिन्न हातहतियार लगायतका सामान बरामद भएको छ ।

बरामद सामानहरुमा भरुवा बन्दुक १ थान, बाह्रबोरको कार्टिज ७ राउन्ड, प्रयोग गरेको कार्टिज १७ राउन्ड, तयारी बारुद, गन पाउडर, गोली बनाउन प्रयोग हुने सिसा, पोटास करिब १ केजी, काठको कडी १७ थान, फ्रेम १४ थान, चित्तलको छाला १ थान, चित्तलको सिंङ १ जोर र मोटरसाइकल २ थान छन् । फरार रहेका सोमबहादुरको प्रहरीले खोजी गरिरहेको छ ।

NIC Asia

यस्तै काठमाडौं, शंखरापुर नगरपालिका २ पटापस्थित जंगलबाट एकनाले भरुवा बन्दुक १ थान बेवारिसे अवस्थामा बरामद गरेको छ । प्रहरी चौकी नाङ्लेभारेबाट खटिएको प्रहरीले उक्त बन्दुक बरामद गरेको हो ।

सांकेतिक तस्बिर

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २८, २०७७  १७:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu