काठमाडौं । काठमाडौंको भृकुटीमण्डमा चलिरहेको नाडा अटो शोमा दिपलले आफ्नो विभिन्न मोडलहरु प्रदर्शनीमा राखेको छ । दिपलको आधिकारिक वितरक एमएडब्ल्यू वृद्धि अटोकर्पले शोको अवसरमा आफ्ना गाडी खरिदमा विशेष छुट एवं अफर उपलब्ध गराइरहेको छ ।
अटो शोमा कम्पनीले दिपलको नयाँ मोडल एल ०७ सार्वजनिक गरेको थियो । यो गाडी खरिदमा एमएडब्ल्यूले ३ लाख रुपैयाँ छुट दिइरहेको छ । छुटपछि दिपल एल ०७ को मूल्य ७१ लाख ९९ हजार रुपैयाँ छ । यसबाहेक कम्पनीले यससँग ३ किलोवाटको एसी ७ किलोवाटको डीसी चार्जर उपलब्ध गराइरहेको बताएको छ ।
६६.८ किलोवाट आवरको ब्याट्री, ९९ किलोवाटको मोटरपावर रहेको एल ०७ ले ५४० किलोमिटर रेन्ज दिन्छ ।
दिपलको पहिलदेखि नै बजारमा उपलब्ध एस ०७ को मूल्य ६९ लाख ९९ हजार रुपैयाँ रहेको छ । समान ६६.८ किलोवाट आवरको ब्याटी, ९९ किलोवाटको मोटर पावर भएको यो गाडीले ४८५ किलोमिटर रेन्ज दिन्छ ।