site stats
बाह्रखरी :: Baahrakhari
देश
त्रियुगा नदीमा डुबेर मृत्यु
प्रतीकात्मक तस्बिर ।

राजविराज (सप्तरी) । सप्तरीमा कृष्ण जन्माष्टमी पर्व मनाएर मूर्ति सेलाउन गएका एक युवकको त्रियुगा नदीमा डुबेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सप्तकोसी नगरपालिका–२, पसार्हा निवासी रामकुमार राजधामीका २२ वर्षीय छोरा रोहनको नदीमा डुबेर मृत्यु भएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

स्थानीयवासीसँगै सप्तकोसी नगरपालिका–१, फत्तेपुरस्थित त्रियुगा नदीको हेडबाँधमा मूर्ति सेलाउन गएका रोहन पानीमा डुबेकोमा स्थानीयले उद्धार गरी उपचारका लागि सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएका थिए ।

उपचारको क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । रासस

 

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  २२:५१
प्रतिक्रिया दिनुहोस्