site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
‘स्काईवेल’ मा विशेष आकर्षण : नाडामा किन्दा पाँच लाखसम्म छुट 
SkywellSkywell

काठमाडौं । विद्युतीय सवारी (ईभी) ब्रान्ड ‘स्काईवेल’ नाडा अटो शोको विशेष आकर्षण बनेको छ ।  शोमा स्काईवेल बीई११ मोडलका गाडी प्रदर्शनीमा राखिएका छन् ।

स्काईवेलले ६२० किलोमिटर, ५२० किलोमिटर र ४१० किलोमिटर रेन्जका दुई मोडलका तीन भेरियन्ट राखेको छ ।

kailash-gelal-(6)-1724845360.JPG
 

Dabur Nepal
NIC Asia

स्काईवेलको आधिकारिक वितरक जी मोटर्सले गत वैशाखमा नै ६२० किलोमिटर रेन्जको प्रिमियम ईभी एसयूभी ईटी ५ सार्वजनिक गरेको थियो । कम्पनीले मंगलबार नाडा अटो शोमा स्काईवेल बीई११ मोडलका दुई भेरियन्ट सार्वजनिक गरेको थियो ।

 

बीई११ ४१० किलोमिरट रेन्जको र ५२० किलोमिटर रेन्जको भेरियन्टमा उपलब्ध छ ।  जी मोटर्सले यी तीनवटै प्रिमियम ईभी एसयूभीको खरिदमा नाडा अटो शोभरी करिब ५ लाख रुपैयाँ छुट दिइरहेको छ ।

विश्व बजारका लागि उत्पादित स्काईवेलका उच्च गुणस्तरका ईभी नेपाल भित्र्याएको जी मोटर्सका प्रबन्ध निर्देशक (एमडी) कैलाशबाबु गेलालले बताए ।

kailash-gelal-(3)-1724845360.JPG
 

“हामीले पहिले नै ईटी५ का कयौं गाडी बिक्री गरिसकेका छौं । ग्राहकहरुले यसको लक्जरी, पर्फमेन्स, गुणस्तरलाई अत्यधिक रुचाएपछि हामीले आमग्राहकका लागि कम ब्याट्री अथवा कम रेन्ज गाडी ल्याएका हौं,” जी मोटर्सका एमडी कैलाशबाबुले भने ।

kailash-gelal-(7)-1724845360.JPG
 

“अफरोड क्षमतासहितको यो नेपालकै पहिलो रियल प्रिमियम लक्जरी ईभी एसयूभी हो । युरोपेली देशसहित विश्वका ६५ भन्दा बढी देशमा बिक्री भइरहेकै गाडी हामीले नेपालमा ल्याएका हौं,” उनले भने, “त्यसैले यसको गुणस्तरमा कुनै कम्प्रमाइज छैन ।”

फिचर र मूल्य

४१० किलोमिटर रेन्ज भएको स्काईवेल बीई११ गाडीको मोटरपावर १५० किलोवाट छ ।  ५१ किलोवाटआवरको ब्याट्री रहेको गाडीको अधिकम गति १५० किलोमिटर प्रतिघण्टासम्म छ । 

करिब ८० लाख रुपैयाँ पर्ने यो गाडी नाडा अटो शो भरी ७५ लाख ९० हजारमा किन्न सकिनेछ ।

kailash-gelal-(8)-1724845360.JPG
 

५२० किलोमिटर रेन्ज भएको स्काईवेल बीई११ गाडीको मोटरपावर पनि १५० किलोवाट नै छ ।  यसको ब्याट्री भने ७१ किलोवाटआवरको छ  । करिब ९० लाख रुपैयाँ पर्ने गाडी अटो शोमा ८५ लाख ९० हजारमा रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

६२० किलोमिटर रेन्ज रहेको पहिलेदेखि नै बजारमा उपलब्ध स्काईवेल ईटी५ को मूल्य अटो शोभरी एक करोड दशलाख रुपैयाँ तोकिएको छ ।  यो गाडीमा पनि समान १५० किलोवाटको मोटर पावर छ भने ब्याट्री ८६ किलोवाटआवरको छ ।

के छ विशेषता

स्काईवेलका गाडीमा गुणस्तर र ग्राहक अनुभवका लागि कुनै कमी नराख्ने गरी काम गरिरहेको कम्पनीको भनाइ छ ।  कतिपय ब्रान्डहरुले नेपाली बजारका लागि लक्षित छुट्टै गाडी ल्याउने गरे पनि स्काईवेलले युरोपेली र विश्वबजारकै लागि बनेको गाडी नेपालमा भित्र्याएको हुँदा ग्राहकको रोजाइमा पर्नुको पहिलो कारण गुणस्तर भएको कम्पनीले जनाएको छ । 

kailash-gelal-(1)-1724845359.JPG
 

सबै गाडीमा कम्पनीले २ वर्ष वा ८ लाख किलोमिटरसम्मको वारेन्टी दिइरहेको बताएको छ । करिब ४ महिनामै माथिल्लो ६२० किलोमिटर रेन्जका दर्जनौं गाडी ग्राहकको रोजाइमा परेपछि सबै ग्राहकका लागि कम रेन्जमासमेत सोही स्तरको गाडी ल्याएको कम्पनीले बताएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu