site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हैजा नियन्त्रणमा छ, स्वास्थ्य संकटकाल आवश्यक छैन : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यमन्त्री प्रदीप पौडेलले हैजा नियन्त्रणका लागि काम भइरहेको बताएका छन् । बुधबार संसद् बैठकमा उनले मन्त्रालयअन्र्तगतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सक्रियतामा प्रदेश तथा स्थानीय तहसम्मै द्रुत प्रतिकार्य टोली परिचालन गरी नियमित केस अनुसन्धान, बिरामीहरूको खोजी र बिरामीहरूको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरूमा लक्षणको निगरानी गर्ने/गराउने कार्य भइरहेको बताए । 

“झाडापखाला तथा हैजाका बिरामीहरूको १४४ सरकारी तथा निजी अस्पतालहरूबाट नियमित रुपमा निगरानी भइरहेको छ,” उनले भने ।

मन्त्री पौडेलले हाल देशैभर ६८ जनामा संक्रमण देखिएकोमा चारजना मात्र बिरामी रहेको र उनीहरू पनि उपचाररत रहेको जानकारी दिए ।  

“बिरामी नियन्त्रण दर बढेको छ,” उनले भने, “तीनै तहसँग मिलेर नियन्त्रण तथा द्रुत कार्य पनि भइरहेकाले अहिल्यै स्वास्थ्य संकटकाल लगाउनु आवश्यक देखिँदैन ।” 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १९:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro