site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गाजाको सुरुङबाट बन्धकको उद्धार
फाइल तस्बिर ।

गाजा । हमासको आक्रमणको क्रममा पक्राउ परेका एक बन्धकलाई मंगलबार गाजास्थित एक सुरुङबाट उद्धार गरिएको इजरायली सेनाले जनाएको छ ।

एक अमेरिकी अधिकारीका अनुसार गाजा युद्धविराम र बन्धक मुक्तिको सम्झौता सुरक्षित गर्ने उद्देश्यले कतारमा वार्ता जारी रहेको छ तर, इजरायल र हमास कसैले पनि सहभागिताको निरन्तरता पुष्टि गरेका छैनन् ।

इजरायली सेनाले ५२ वर्षीय काइद फरहान अल्कादीलाई दक्षिणी गाजाको एउटा सुरुङबाट एक्लै रहेको अवस्थामा फेला पारी उद्धार गरेको जनाएको छ ।  

गत अक्टोबरमा दक्षिणी इजरायलमा भएको आक्रमणको क्रममा अपहरणमा परेका २५१ जना मध्ये उनी एक हुन् । बन्धकमध्ये १०४ जना अझै पनि गाजामा बन्दी छन् भने ३४ जनाको मृत्यु भइसकेको सेनाले जनाएको छ ।

युद्धका कारण गाजा ध्वस्त भएको छ, यहाँका लगभग २४ लाख मानिसहरूमा मानवीय संकट छाएको छ ।

हमासद्वारा सञ्चालित नागरिक सुरक्षा एजेन्सीले गाजा सहर, मध्य र दक्षिणी गाजाका दुई शरणार्थी शिविरहरूमा छुट्टै इजरायली आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको जनाएको छ ।

अल्कादीलाई इजरायलको सोरोका मेडिकलमा लगि उपचार गराउँदा अस्पताल निर्देशक श्लोमी कोदेशले उनको अवस्था सामान्य रहेको जानकारी दिए ।

यद्यपि, लामो समयसम्म सुरुङमा रहेका व्यक्तिहरू स्वास्थ्य समस्याको जोखिममा हुनसक्ने आँकलनसहित अल्काडीलाई ‘निरन्तर मूल्यांकन’ का लागि राखिएको कोदेशले बताए ।

सेनाका अनुसार उनी दक्षिणी इजरायलका बेदुइन अरब सहर राहतका बासिन्दा अल्कादी अक्टोबरमा आतंककारीले आक्रमण गरेको क्षेत्रको गोदाममा गार्डको रूपमा काम गरिरहेका थिए ।  रासस/एएफपी

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  २३:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro