site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जुम्लामा नदी तर्ने क्रममा काठेपुलबाट खसेर मोटरसाइकल चालक बेपत्ता
प्रतीकात्मक तस्बिर ।

जुम्ला । जुम्लामा नदी तर्ने क्रममा मोटरसाइकल चालक बेपत्ता भएका छन् । जिल्लाको पातारासी गाउँपालिका–४ मा रहेको लुमस्थित जवा नदीको काठेपुल तर्ने क्रममा खसेर बेपत्ता भएका हुन् ।

सोही गाउँपालिका–७, रिनी निवासी २८ वर्षीय हरिकृष्ण बुढा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिए ।

आज बिहान पालिकाको लासी बजारबाट तल्फी जाने क्रममा क १ प १८२० नम्बरको मोटरसाइकल नदीमा खसेको जानकारी आएपछि उद्धारका लागि प्रहरी घटनास्थलमा खटिएको थियो ।

मोटरसाइकलमा सवार यात्रु पातारासी गाउँपालिका–७, रिनीका २७ वर्षीय जयबहादुर खड्कालाई उद्धार गरिएको सूचना अधिकारी चन्दले बताए । बेपत्ता चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  २०:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro