site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
अमेरिकामा नेपाली विद्यार्थीको गोली हानी हत्या
SkywellSkywell

(टेक्सस) । अमेरिकाको ह्युस्टनको एक अपार्टमेन्टमा नेपाली विद्यार्थीको गोली हानेर हत्या भएको छ ।

ह्युस्टनको एक कलेजमा अध्ययनरत नेपाली छात्राको गोली हानेर हत्या भएको हो । कसले किन गोली हानेर हत्या गरेको विषयमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ । अमेरिकामा बाहिरबाट अध्ययनका लागि एफ वान भिसामा आउने विद्यार्थीलाइ ‘इन्टरनेसनल स्टुडेण्ट’ ले चिनिन्छ ।

Dabur Nepal
NIC Asia

विश्वस्त स्रोतका अनुसार ह्युस्टनको हिलक्रप्ट स्थित अपार्टमेन्टमा बस्दै आएकी थिइन् । प्रहरीले अपार्टमेन्टमा छापा हानेर शव अस्पताललाई जिम्मा लगाएको छ । मृतकको नाम मुना पाण्डे भएकाे बताइएकाे छ ।

ह्युस्टन अमेरिकाको दक्षिणी राज्य टेक्ससको एक मुख्य सहर हो । यो अमेरिकाकै चौथो ठूलो सहर हो । न्यूयोर्क, लसएन्जलस, सिकागो पछिको बढी जनघनत्व भएको सिटीमा ह्युस्टन पर्छ ।

सोमबार अपराह्न यो हत्या भएकोे अनुमान गरिएको छ । मृतकको नेपालमा रहेकी आमा र परिवारलाइ खबर भैसकेको नेपाली एसोसिएसन अफ ह्युस्टनका उपाध्यक्ष द्रोण गाैतमले जानकारी दिएका छन् ।

नेपालमा रहेकी मृतककी आमा अनिता पाण्डे अधिकारीका अनुसार छोरीसँग चार दिन अघि कुराकानी भएको थियो ।  थप विवरण आउन बाँकी भएको हिमालयखबरले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १३:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu