site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
राखेप सदस्यसचिव नियुक्तिका लागि सिफारिस समिति गठन
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नयाँ सदस्यसचिव नियुक्ति सिफारिस समितिले पूर्णता पाएको छ । युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको सदस्यसचिव नियुक्ति सिफारिस समितिले पूर्णता पाएको हो । मन्त्रालयले शुक्रबार सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समितिमा दुईजना पदाधिकारी थप्दै पूर्णता दिएको हो ।

सदस्यसचिव सिफारिस समितिमा संयोजक थपलियासँगै खेलकुदमन्त्री जगतबाहदुर विश्वकर्माले रिम रानाभाट र इन्दिरा निरौलालाई थप गरेका हुन् । समितिमा थपिएका रानाभाट यसै वर्ष राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट अवकाश प्राप्त कर्मचारी हुन् । यसैगरी निरौला भने परिषद्को पूर्वबोर्ड सदस्य हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

तीन सदस्यीय समितिले पूर्णता पाएपछि आफ्नो कार्यविधि आफैं बनाएर नयाँ सदस्यसचिवको नाम सिफारिस गर्नेछ । समितिले खुला आह्वानबाट आएका दर्खास्तहरूमध्ये उत्कृष्ट तीनजना उम्मेदवारहरूको नाम सदस्यसचिवका लागि मन्त्रिपरिषद्लाई सिफारिस गर्नेछ । सिफारिस गर्ने नामावलीमध्ये एक जना अनिवार्य महिला हुनुपर्ने नियम रहेको छ ।

मन्त्रालयले तिनमध्ये एकजनालाई ४ वर्षका लागि सदस्यसचिवमा नियुक्त गर्नेछ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २६, २०७७  १५:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC