site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘चोरीको धन्दा बन्द गरौं’
Sarbottam CementSarbottam Cement

काठमाडौं । गीतसंगीत चोरी गर्ने तथा अश्लील गीत गाउनेविरुद्ध लिखित उजुरी गर्न प्रतिलिपि अधिकार रजिस्टारको कार्यालयले आग्रह गरेको छ । नेपाली कला संस्कृति मास्ने, अश्लील तथा छाडा शब्द प्रयोग गरेर गीत गाउनेविरुद्ध लिखित उजुरी गर्न रजिस्टारको कार्यालयले आग्रह गरेको हो । 

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गीतसंगीत चोरी गर्ने तथा अश्लील शब्द प्रयाग गरेर गीत गाउने सर्जकलाई कारबाहीको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएपछि प्रतिलिपि अधिकार रजिस्टारको कार्यालयकी रजिस्टार विष्णुकुमारी भट्टराईले लिखित उजुरी गर्न आग्रह गरेकी हुन् ।

“कुन–कुन गीत कसरी चोरी भए र कहाँ बजे त्यसको लिखित उजुरी चाहिन्छ । प्रतिष्ठानले यस्तोयस्तो भयो भनेर भनेको छ । हामीले लिखित रूपमा आउनुपर्‍यो भनेका छौं,” रजिस्टार भट्टराई बाह्रखरीसँग भन्छिन्, “अग्रजका गीत तोडमोड गर्ने, समयभन्दा अगाडि नै तिज गीत ल्याउने, अश्लील र छाडा शब्द राखेर गीत आएका छन् भने लिखित उजुरी दिएको खण्डमा हामी सम्बन्धित पक्षलाई बोलाएर सम्झाइ, बुझाइ गर्ने प्रयास गर्नेछौं ।”

Prabhu Bank
Agni Group
NIC Asia

लिखित गुनासो तथा उजुरी आएमा रजिस्टारको कार्यालयले सरोकारवाला पक्ष तथा व्यक्तिलाई बोलाएर सच्याउन लगाउने अथवा बजाउन नै रोक लगाउने निर्णय गर्नेछ । 

चोरी भए दुईपक्षलाई राखेर सच्याउने अथवा दुई पक्षलाई मिलाउन रजिस्टारको कार्यालयले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको छ । यसअघि गायक प्रकाश सपुतको गीत ‘गलबन्दी...’ लय आफ्नो गीतबाट चोरी भएको भन्दै अर्का अग्रज गायक शम्भु राईले दाबी गर्दै रजिस्टारको कार्यालय गएपछि उक्त विवाद मिलाएर पठाइएको थियो । 

Global Ime bank

रजिस्टारको कार्यालयमा दुई पक्षबीच कुरा नमिले रजिस्टारको कार्यालयमार्फत् प्रहरीमा उजुरी दिएर  अदालतमा मुद्दा दायर गर्ने कानुनी प्रक्रिया छ ।

पछिल्लो समय गायक तथा मोडल दुर्गेश थापाको तिज गीत ‘बिच्च–बिच्चमा–२’ को लय अरूको गीतसँग मिलेको र केही शब्द समेत हरिदेवी कोइराला र प्रेमराजा महतको गीतसँग मिलेको आरोप लाग्दै आएको छ । ‘आकाशमा बादलु डम्मै छ, मनमा के छ भन्नेलाई सम्मै छ...’ हरिदेवी कोइराला र प्रेमराजा महतले अलि मियाको शब्द तथा लय संकलनमा गाएको पुरानो गीतको अंश हो । 

प्रतिष्ठानले पछिल्लो समय सर्जकहरू सिर्जनशील हुनेभन्दा पनि पुरानो राम्रो गीत चोइट्याएर बजारमा ल्याउने र व्यापार गरिहाल्ने प्रवृत्ति बढेको भन्दै आपत्ति जनाएको छ । 

“नाम होस् वा वदनाम तर गुमनाम नहोस् भन्ने मान्यता अनुसार आफू सिर्जनशील हुने अथवा मिहिनेत गर्नेभन्दा पनि पुराना सर्जकको गीतबाट केही अंश उम्काउने प्रचलन बढ्यो,” प्रतिष्ठानका अध्यक्ष रमेश बिजी भन्छन्, “कति त मेरा हजुरबुवाको र बुवाको गीत भनेर रेकर्ड गर्नेसमेत छन् ।”

उनले गीतसंगीतमा चोरीको धन्दा निरुत्साहित गर्नुपर्नेमा जोड दिए । गीत संगीतमा फस्टाउँदो बेथिति अन्त्य गर्न प्रतिष्ठानले पीडितका तर्फबाट आएको निवेदन रजिस्टारको कार्यालयमा पुर्‍याएर पीडकलाई सजायको भागिदार बनाउने बताए ।

“कति बितिसक्नु भयो । कति उमेरले बोल्नसक्ने अवस्थामा हुनुहुन्न । उहाँहरूका पक्षमा बोलिदिने पनि कोही छैन । उहाँहरूका लागि हामी सकेसम्म सहयोग गर्ने पक्षमा छौं,” अध्यक्ष बिजी भन्छन्, “कमजोर कानुन र सरकारको फाइदा उठाएर गीतसंगीत चोरी गरेर व्यापार गर्नेलाई निरुत्साहित गर्ने हाम्रो चाहना हो ।” 

अश्लील शब्द, सामाजिक सद्भाव भड्काउने तथा चाडपर्वका नाममा छ महिना अगाडि नै गीतको व्यापार गर्नु शोभनीय नभएको भन्दै यसतर्फ राज्यको सम्बन्धित पक्षको ध्यानाकर्षण हुनुपर्नेमा उनको जोड छ ।

“प्रतिष्ठान आफैंमा कारबाही गर्ने संस्था होइन, हामीले त ध्यानाकर्षण गराउने मात्रै हो । कारबाही त मान्यता प्राप्त सरकारी निकायले गर्ने हो,” उनी भन्छन्, “सरकारले कानुन अनुसार कडा कारबाही नगर्ने र सकेसम्म दुई पक्षलाई मिलाएर पठाउने गरेकाले चोरी गर्ने र अश्लील तथा छाडा गीत गाउने क्रम रोकिएको छैन ।”

पीडित सर्जक पनि सामाजिक सञ्जालमा र साथीभाइबीच गीत चोरी भयो भन्दै हिँड्ने तर अधिकारका लागि कानुनी प्रक्रियामा नजाने गरेको प्रतिष्ठानको गुनासो छ । पीडित सर्जक स्वयं कानुनी अधिकार खोज्न अग्रसर नभएसम्म चोरीको शृङ्खला नरोकिने उनी बताउँछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २६, २०७७  १४:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC