site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सेभियाद्वारा एथ्लेटिक पराजित
Sarbottam CementSarbottam Cement

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा सेभियाले एथ्लेटिक क्लबलाई पराजित गरेको छ । एथ्लेटिकको घरेलु मैदानमा भएको खेलमा सेभियाले २(१ गोलले पराजित गरेको हो ।

खेलमा भने घरेलु टोली एथ्लेटिकले अग्रता लिएको थियो । अग्रता जोगाउन नसक्दा घरेलु टोली सेभियासँग पराजित हुन पुगेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

खेलको २९ औं मिनेटमा एन्डर कापाले गोल गर्दै अग्रता दिलाएका थिए । उनले मिकेल भिस्गाको पासमा गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा १-० गोलको अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा अग्रता जोगाउन सकेन ।

खेलको ६९ औं मिनेटमा एभर बेगेनाले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसको पाँच मिनेट नबित्दै मुरिनले गोल गर्दै सेभियलाई अग्रता दिलाए । बेगेनाको पासमा मुरिनके गोल गर्दै सेभियालाई २-१ गोलको पुनरागमन जित दिलाएका हुन् ।

Global Ime bank

जितसँगै सेभियाले ३५ खेलबाट ६३ अंक जोड्दै तालिकाको चौथो स्थानमा पकड जमाएको छ । पराजित एथ्लेटिक भने समान  खेलबाट ४८ अंक जोड्दै तालिकाको नवौं स्थानमा छ ।

त्यस्तै गए राति नै भएका अन्य खेलमा मालोर्काले लेभन्टेलाई २-० गोलले पराजित गरेको छ । अर्को खेलमा इबर र लेगानेसले गोलरहित बराबरी खेलेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २६, २०७७  ११:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC