site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसलाई शत्रु भन्नुपर्छ भन्ने अभिव्यक्ति पार्टीलाई सिध्याउने विचार हो : माधव नेपाल 
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको एउटा दल अलग हुने बित्तिकै सरकार ढल्ने भएकाले हेक्का राखेर चल्न सुझाव दिएका छन् । 

शुक्रबार पार्टीको युवासंघले आयोजना कार्यक्रममा उनले घमण्ड नगर्न आग्रह गरे । “कुनै एउटा, दुईटा पार्टी अलग हुने बित्तिकै सरकार माथिबाट तल भूँइमा नै पछारिन्छ । यो कुरालाई हेक्का राखेर चल्नुपर्छ । कोही पनि घमण्ड नदेखाउनुुस् । दम्भी नबन्नुस् । झण्डै–झण्डै दुर्घटना हो कि भन्ने अवस्था सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको चुनावको सिलसिलामा आइसकेको थियो,” उनले भने, “धन्यवाद छ, अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डजीलाई । उहाँले लचकता देखाउनुभयो । पहलकदीमा लिनुभयो ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले राम्रो ढगंले चल्दा आपत्ति नरहेको सुनाए । राम्रोसँग नचले के हुने हो भन्न नसकिने चेतावनी समेत दिए । नेपालले अहिले १२ दलमध्ये ६ दल सरकारमा रहेको भन्दै आफू प्रधानमन्त्री हुँदा २५ पार्टी संसद्‌मा रहेको स्मरण गरे । त्यतिबेला २२ पार्टीलाई मिलाएर २१ महिना सरकार चलाएको बताए । 

उनले अहिले सामूहिककृत रूपमा छलफल गरेर अघि बढ्ने पक्षमा आफूहरू रहेको सुनाए । उनले पार्टीका सम्मानित नेता झलनाथ खनाललक्षित गर्दै कांग्रेसलाई शत्रु भन्नु पार्टी सिध्याउनु भएको टिप्पणी गरे ।  

Global Ime bank

“कसैकसैले कांग्रेसलाई शत्रु भन्नुपर्छ भन्छन् । शत्रुको नाम गरेर प्रमुख प्रतिद्वन्द्वी लेख्नुपर्छ भन्छन् । प्रहारको निशाना ताक्नुपर्छ भन्छन् । त्यसले गर्दा कांग्रेससँग हाम्रो सम्बन्ध टुटेर जाओस्,” नेपालले भने, “यो पार्टीको हितमा होइन्, पार्टीलाई सिध्याउने विचार मात्रै हो ।”

उनले त्यो सिद्धान्तको जलप जागेर पार्टीलाई खत्तम बनाउने उपायको रूपमा टिप्पणी गरे ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १५:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय