site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओली-नेम्वाङसँगको भेटबारे केन्द्रीय समितिमा देउवाको ब्रिफिङ
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग भएको छलफलका बारेमा पार्टीलाई जानकारी गराएका छन् । 

उनले पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा प्रधानमन्त्री ओली र नेकपा संसदीय दलका उपनेता नेम्वाङसँग भएको छलफलका बारेमा जानकारी गराएका हुन । 

Prabhu Bank
Agni Group
NIC Asia

बैठकलाई ओली-नेम्वाङसँग भएको छलफलका बारेमा ‘ब्रिफिङ’ गरेको बैठकमा सहभागी केन्द्रीय सदस्य स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार उनले असार १७ गते प्रधानमन्त्री ओलीसँग भएको भेटको वातावरण केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले निर्माण गरेको जानकारी बैठकलाई गराएका छन् । 

सभापति देउवाले नेकपा संसदीय दलका उपनेता नेम्वाङसँग आइतबार भएको भेटमा संवैधानिक अंगका रिक्त पद, एमसीसी, नागरिकता विधेयकका बारेमा छलफल भएको पनि जानकारी गराएका छन् । 

Global Ime bank

बैठकमा केन्द्रीय सदस्य डा. रिजालले नेकपा संसदीय दलका उपनेता नेम्वाङसँग भएको भेटवार्ताका बारेमा थप प्रष्ट्याएका छन् । रिजालले सभापति देउवा र नेम्वाङबीच भएको छलफलका बारेमा बैठकमा ‘ब्रिफिङ’ गरेको केनद्रीय सदस्य नवीन्द्रराज जोशीले जानकारी दिए । 

“बैठकमा नेम्वाङजीसँग आज बिहान भएको भेटघाटको मिनेन्द्रजीबाट ब्रिफिङ भयो,” बैठकमा सहभागी केन्द्रीय सदस्य जोशीले बाह्रखरीसँग भने, “उहाँले नेम्वाङजीसँग संवैधानिक कुरामात्रै भएको भन्नुभयो ।” 

  
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २१, २०७७  १८:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC