site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
संघको उपेक्षा, प्रदेशको बेवास्ता 
Sarbottam CementSarbottam Cement

काठमाडौं । आर्थिक वर्ष ०७७/८८ मा अघिल्लो वर्षको तुलनामा खेलकुदमा बजेट केही धेरै होला भन्ने अपेक्षा खेल, खेलाडी र खेल संस्थाहरूले गरेका थिए । तर, यो वर्ष खेलकुदमा सोचेअनुरूप बजेट आउन सकेन । सरकारले युवा तथा खेलकुद क्षेत्रमा दुई अर्ब ३६ करोड विनियोजन गरेको गर्यो । आर्थिक वर्ष ०७७/७८ को बजेट विनियोजन गर्दै अर्थमन्त्री युवराज खतिवडाले सरकारले खेलकुद क्षेत्रको विकासका तथा विस्तारका लागि यही बजेट विनियोजन गरेको बताए ।

तर, गत आर्थिक वर्ष ०७६/७७ भन्दा यो बजेट दोब्बर कम हो । सरकारले आर्थिक वर्ष ०७६/७७ का लागि युवा तथा खेलकुद क्षेत्रको विकासका लागि तीन अर्ब ९९ करोड बजेट विनियोजन गरेको थियो । उसो त खेलकुद विज्ञहरूले गत आर्थिक वर्षमा साग खेलकुद भएकाले पनि खेलकुदमा बजेट धेरै भएको बताए पनि यो वर्षको बजेट भने तुलनात्मक रूपमा कम छ । 

संघले आर्थिक वर्ष ०७७/८८ मा अपेक्षा गरेअनुरूप बजेट भने ल्याएन । त्यसैको सिको प्रदेश सरकारले पनि गरे । प्रदेश सकरकाले पनि यो वर्ष सोचेअनुरूप बजेट विनियोजन गरेका भने छैनन् । यो वर्ष सरकारले खेलकुद क्षेत्रमा धेरैजसो कार्यक्रम अघिल्लो वर्षका आयोजनाहरूलाई निरन्तरता दिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रदेश १ 
प्रदेश १ सरकारले नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै धरानमा खेलकुद ग्राम निर्माण गर्नेसहितको प्रदेश, जिल्ला र स्थानीय तहका खेलकुदका आवश्यक पूर्वाधार निर्माण र स्तरोन्नति गर्ने कार्यलाई जोड दिने उल्लेख गरेको हो ।

यस्तै, खेलकुद क्षेत्रको विकासलाई प्राथमिकतामा दिँदै प्रदेश सरकारले खेलकुदका निर्माणाधीन पूर्वाधारको विकास र विस्तारका लागि ३० करोड बजेट विनियोजन गरिएको जनाएको छ । यस्तै, सरकारले प्रदेश खेलकुद बोर्डको आवश्यक संरचना निर्माण गर्दै प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गरिने उल्लेख गरेको छ ।

Global Ime bank

वाग्मती प्रदेश 
खेलकुदमा सबैभन्दा धेरै वाग्मती प्रदेशले छुट्याएको छ । वाग्मती प्रदेश सरकारले प्रदेशको खेलकुद क्षेत्रको विकासका लागि  ७९ करोड १३ लाख रुपैयाँ विनियोजन गरेको छ ।

प्रदेश सरकारले खेलकुद पूर्वाधारका बहुवर्षीय तथा क्रमागत आयोजनालाई निरन्तरता दिँदै स्थानीय तहमा खेल मैदान निर्माण गर्ने कार्यलाई प्राथमिकतामा राखेको छ । यस्तै, खेलाडीको क्षमता विकास, स्थानीय खेल प्रवर्द्धन, प्रदेश स्तारीय खेलकुद प्रतियोगिता एवं राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको हो ।

गण्डकी प्रदेश 
गण्डकी प्रदेश सरकारले खेलकुदमा धेरै बजेट विनियोजन गरेको छ । पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै गण्डकी प्रदेशले आर्थिक वर्ष ०७७/७८ को बजेट ल्याएको हो । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले खेलकुद पूर्वाधार निर्माणका लागि आठ करोड ३५ लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।

सरकारले प्रदेशको अन्तर्राष्ट्रिय स्तरको बहुउद्देश्यीय रंगशाला, क्रिकेट मैदान, उच्च पर्वतीय खेलकुद तालिम केन्द्र, गल्फ कोर्स, स्की जिल्ला स्तरीय रंगशाला तथा एक स्थानीय तह/एक खेल मैदान निर्माणका लागि सो बजेट विनियोजन गरेको हो । यस्तै, प्रदेशले नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने आफ्ना खेलाडीको प्रशिक्षण तथा व्यवस्थापनका लागि एक करोड ५० लाख छुट्याएको छ । 

प्रदेश ५ 
प्रदेश ५ सरकारले पनि खेलकुदमा भौतिक पूर्वाधार निर्माणलाई प्राथामिकतामा राख्दै बजेट विनियोजन गरेको छ । प्रदेश ५ ले दुई रंगशालालाई प्राथमिकतामा राख्दै नयाँ आर्थिक वर्षको बजेट विनियोजन गरेको छ । खेलकुद क्षेत्रतर्फ निर्माणाधीन नेत्रलाल अभागी रंगशाला र उजिरसिंह रंगशालालाई साफ स्तरको बनाइने बताए ।

प्रदेश सरकारले मुख्यमन्त्री रनिङ सिल्डलगायत खेलकुद कार्यक्रमहरू सञ्चालन गर्न तथा निर्माणाधीन नेत्रलाल अभागी रंगशाला र उजिरसिंह रंगशालालाई साफ स्तरको बनाउन १२ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिएको छ ।

कर्णाली प्रदेश 
कर्णाली प्रदेश सरकारले नयाँ आर्थिक वर्षका लागि खेलकुदमा १५ करोड ६० लाख बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले सोमबार नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै खेलकुदमा १५ करोड ६० लाख विनियोजन गरेको जनाएको छ ।

खेलकुद पूर्वाधार निर्माणमा जोड दिएको प्रदेश सरकारले राष्ट्रिय खेलकुद आयोजनाका लागि वीरेन्द्रनगरमा प्रादेशिक रंगशाला निर्माण गरिने जनाएको छ । यस्तै सबै जिल्लाका रंगशाला, कभर्ड हल र खेल मैदानमा खेलकुद कार्यक्रम आयोजनालाई अघि बढाउने तथा भौतिक पूर्वाधारको स्तरोन्नति र खेलाडीको वृत्ति विकास कार्यकम सञ्चालन गरिने जनाएको छ ।

सुदूरपश्चिम प्रदेश 
सुदूरपश्चिम प्रदेश सरकारले नयाँ आर्थिक वर्षको बजेटमा प्रदेश, जिल्ला र स्थानीय तहका खेलकुदका आवश्यक पूर्वाधार निर्माण र स्तरोन्नति गर्ने कार्यलाई जोड दिएको छ । सुदूरपश्चिम सरकारले प्रदेशसभाका हरेक निर्वाचन क्षेत्रमा एक खेलकुद मैदान निर्माण र स्तरोन्नतिका लागि ६ करोड ४० लाख बजेट विनियोजन गरेको छ । अन्तर्राष्ट्रिय स्तरका खेलकुद आयोजना गर्न सक्ने गरी महेन्द्रनगर र धनगढी रंगशालाको स्तरोन्नति र संरचना सुधारका लागि एक करोड २० लाख छुट्याइएको छ ।

मुख्यमन्त्री खेलकुद र अन्य खेलकुदका लागि एक करोड २५ लाख विनियोजन गरिएको छ । त्यस्तै प्रदेश सरकारले प्रदेश खेलकुद परिषद्, जिल्ला खेलकुद विकास समिति सञ्चालन र फाप्ला क्रिकेट मैदानको डीपीआर निर्माणको प्रारम्भिक अध्ययनसमेतका लागि एक करोड २५ लाख बजेट विनियोजन गरिएको जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २, २०७७  १५:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement