खेल

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बाँसबारी कलबले श्री टुसाल युवा क्लबविरुद्ध साँघुरो जित निकालेको छ ।
बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न दोस्रो खेलमा बाँसबारीले श्री टुसालविरुद्ध १–० को साँघुरो जित निकालेको हो ।
बाँसबारीलाई जित निकाल्न बिक्की राईको एक गोल नै पर्याप्त बन्यो । खेलको ६७औँ मिनेटमा बिक्कीले अग्रता दिलाए ।
दोस्रो हाफमा बिक्कीले दिलाएको यही अग्रतालाई खेलअवधिभर जोगााउँदै बाँसबारीले जित निकालेको हो ।
जितसँगै बाँसबारीले लिगमा १५ अंक बनाएको छ । बाँसबारीले कुल नौ खेलमा पाँच जित र चार हारसहित १५ अंक बनाएको हो । पराजित श्री टुसाल भने एक जित, चार बराबरी र तीन हारबाट सात अंकमा सीमित छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२ १८:४०
प्रतिक्रिया दिनुहोस्