
काठमाडौं । ओपनरद्वय र्यान रिकेलटोन र रोहित शर्माको अर्धशतकप्रेरित मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सविरुद्ध २१८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
बिहीबार जयपुरमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको मुम्बईले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर २१७ रनको योगफल खडा गरेको हो । मुम्बईका ओपनर रिकेलटोनले सर्वाधिक ६१ रन बनाए । उनले ३८ बलमा सात चौका र तीन छक्का प्रहार गरे । यस्तै, अर्का ओपनर रोहित शर्माले ३६ बलमा नौ चौकासहित ५३ रन थपे ।
यी दुईले पहिलो विकेटका निम्ति ११६ रनको साझेदारी गर्दै मुम्बईलाई बलियो सुरुआत दिलाएका थिए । यस्तै, सूर्यकुमार यादव र कप्तान हार्दिक पन्ड्याले समान ४८ रन थपे ।
राजस्थानका महिस थिक्षणा र रियान परागले समान एक विकेट लिए । आजको खेलमा जित निकाले मुम्बईले प्लेअफ सम्भावना बलियो बनाउने छ । १० खेलबाट १२ अंक जोडेको मुम्बई तालिकाको तेस्रो स्थानमा छ । समान खेलबाट १० अंक जोडेको राजस्थान भने तालिकाको आठौँ स्थानमा छ ।