site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकामा सल्किएको विभेदको आगो, आन्दोलनमा दूरी कायम कल्पनाबाहिर 
Sarbottam CementSarbottam Cement

अमेरिका । अमेरिकी राष्ट्रपतिबाट शान्तिपूर्ण समाधानका वक्तव्य अपेक्षा हुँदै गरेका बेला अमेरिकामा देशैभर सेना परिचालनको आदेश भएपछि त्यसले नयाँ तरंग सिर्जना गरेको छ । मिनियापोलिसमा एक प्रहरी अधिकृतले घाँटी घुँडाले थिचेर एक अश्वेत जर्ज फ्लोइडको हत्याको विरोधमा देशव्यापी विरोध प्रदर्शनका क्रममा तोडफोड भएका छन् । 

राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार साँझ ह्वाइट हाउसको रोज गार्डेनबाट गरेको सम्बोधनमा यदि राज्य र सहरहरूले दंगा र लुटपाट नियन्त्रणमा आवश्यक कदम चाल्न अस्वीकार गरे भने आफूले अमेरिकी सेना परिचालन गरेर छिट्टै समाधान गरिदिने बताएका छन् ।  उनले दंगा, लुटपाट र विनाश तथा आगजनी अन्त्य गर्न उपलब्ध फेडरल (संघीय) नागरिक तथा सैन्य स्रोतहरू परिचालन गरिने बताए । 

राष्ट्रपति ट्रम्पले सबै राज्यका गभर्नरहरूलाई नेसनल गार्ड परिचालन गर्न निर्देशनात्मक सुझाव दिँदै भने, यसरी परिचालन गरियोस् कि सडकमा उनीहरूको वर्चस्व (डोमिनेट) होस् ।  ट्रम्पले विध्वंसात्मक विरोध प्रदर्शन चर्किएका सहरहरूमा कर्फ्यु लगाउन सम्बन्धित राज्यका गभर्नरहरूलाई कडा निर्देशन दिएका छन् । 
सीएनएनका अनुसार अमेरिकाका २३ राज्यमा नेसनल गार्डका सदस्यहरूलाई परिचालन गरिएको छ भने विभिन्न ४० सहरमा कर्फ्यु जारी गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रपति ट्रम्प यो देशव्यापी विरोध प्रदर्शनलाई जसरी पनि रोक्न चाहन्छन् । उनको आजको सम्बोधन मात्र होइन, हालै लिक भएको अडियोमा पनि ट्रम्प निकै कडा रूपमा प्रस्तुत देखिएका छन् ।  उक्त लिक भएको अडियोमा ट्रम्पले भनेका छन्, यो आन्दोलन हो, यसलाई बन्द गरेनौं भने यो झन्झन् खराब हुँदै जान्छ । 

यो एउटै त्यतिबेला मात्र सफल हुन्छ जब तिमीहरू, तिमीहरू सबभन्दा कमजोर हुन्छौ । त्यसैगरी उनले यो विरोध प्रदर्शनलाई एक किसिमबाट युद्धजस्तै भएको बताएका छन् । 

Global Ime bank

यो टर्निङ प्वाइन्ट हुनेछ : ओबामा 

मुलुकमा डोनाल्ड ट्रम्प राष्ट्रपति छन्, तर सान्त्वना र ढाडसका लागि पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामाका विचार सुन्न अझै पनि अमेरिकीहरू लालायीत हुन्छन् ।  किनभने उनले तोड्नेभन्दा जोड्ने कुरा बढी गर्छन् । उनका विचारमा उत्तेजनाभन्दा धैर्य र बुद्धिमत्ता हुन्छ । ओबामाका भाषण तथा वक्तव्य सुरुदेखि अन्त्यसम्म मननीय हुन्छन् । 

ओबामाले जातीय हिंसाको विरोधमा भएको प्रदर्शनलाई पनि सम्बोधन गरेका छन् । 

“हामी हिंसालाई क्षमा नदिऔं अथवा यसलाई यथोचित नठानौं वा यसमा भाग नलिऔं । यदि हामीले आपराधिक न्याय प्रणाली र अमेरिकी समग्र समाजलाई उच्च नैतिक आचरणमा चलाउने हो भने त्यो आचरण हामीमा लागू गर्नुपर्छ,” ओबामाले थप भनेका छन्, “वास्तविक परिवर्तन ल्याउने हो भने विरोध र राजनीतिबीचको चयन गर्ने होइन । हामीले दुवै गर्नुपर्छ । हामीले जनचेतना जगाउन परिचालन गर्नुपर्छ र हामी भोट हाल्न जानुपर्छ जसले सुधार गर्ने उम्मेदवारहरूलाई निर्वाचित गराउन सुनिश्चित गरोस् ।” 

ओबामाले अन्त्यमा भनेका छन्, “यदि हाम्रो औचित्यपूर्ण क्रोधलाई शान्तिपूर्ण, दिगो र प्रभावकारी कदमका रूपमा लैजाने हो भने यो क्षण उच्च आदर्शको लामो यात्रालाई जिउने वास्तविक परिवर्तनको विन्दु हुनेछ ।” 

जो बाइडेन सक्रिय

यसैबीच आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय चुनावका लागि डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडेनले सेना परिचालन गर्ने ट्रम्पको कुराको विरोध गरेका छन् ।  उनले सोमबार साँझ ट्रम्पले वक्तव्य दिएको केही घण्टापछि ट्विट गर्दै भनेका छन्, “उसले अमेरिकी मिलिटरी अमेरिकी नागरिककै विरुद्ध प्रयोग गर्दै छ । उसले शान्तिपूर्ण प्रदर्शनकारीलाई टियर ग्यास र रबर बुलेट फायर गरेको छ ।” 

पछिल्लो समय राष्ट्रपतिका उम्मेदवार बाइडेन भेटघाट र भर्चुअल मिटिङहरूमा निकै व्यस्त छन् । उनले हालै प्रहरी दमन धेरै भएको डेलावेयरको विलमिंगटनमा अफ्रिकन अमेरिकन मूलका व्यक्तिको घरबाहिर संवाद गरेका थिए ।  मास्क लगाएर कुराकानी गर्दै गरेको फोटो ट्विटरमा राखेका बाइडेनले लेखेका छन्, “राष्ट्रपतिका रूपमा म यस्ता संवादलाई नेतृत्व गर्नेछु र मुख्यगरी म सुन्नेछु जस्तो आज गएरातिको विरोध प्रदर्शन भएको स्थान विल्मिंगटनमा भेटघाट गरें ।”

सन् २०२० ले अमेरिकामा अफ्रिकी मूलका अश्वेत व्यक्तिहरूको आगमनको चार सय एक वर्षको समय भए पनि अमेरिकामा उनीहरूको अवस्था अझै उस्तै छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा सेना परिचालन गर्ने घोषणा गरेका छन् । जर्ज फ्लोइडको हत्याको विरोधमा भएका प्रदर्शनहरूलाई रोक्नका लागि । यो शान्तिपूर्ण विरोध प्रदर्शन नभइ घरेलू आतंकवादको कार्य भएको बताएका छन् ।

अमेरिकी मूलका अश्वेत व्यक्तिहरू अमेरिकामा आएको चार सय एक वर्ष भइसक्दा पनि उनीहरूले यो देशलाई आफ्नो देशका रूपमा अनुभूत गर्न सकिरहेका छैनन् ।  अमेरिका अझै पनि विश्वभरका प्रतिभाशाली व्यक्तिहरू र आफ्नो देशमा भएका हिंसाबाट भाग्न चाहनेहरूको पहिलो नम्बरको गन्तव्य हो । 
अहिले अमेरिकामा घृणाको आगो फैलिइरहेको छ । यो घृणाको आगोलाई सम्मान गर्ने उचित नेतृत्वको अभाव महसुस भइरहेको छ । 

एकातिर संसारमा कोरोना भाइरसबाट सबैभन्दा बढी आफ्ना देशका व्यक्तिहरू गुमाएको र सबैभन्दा बढी मानवीय र वित्तीय क्षति अमेरिकाले बेहोरिरहेको छ भने यही बेला अमेरिकामा जातीय हिंसाको विरोधमा विनाशकारी प्रदर्शनहरू हुन थालेका छन् । यस्ता प्रदर्शनहरूबाट अमेरिकी जनताले देशको नेतृत्वबाट राहतभन्दा बढी आहत महसुस गर्नु परिरहेको छ । 

मिनियापोलिस मिन्निसोटामा एक प्रहरी अधिकृतले पाँच मिनेटसम्म घाँटीमा घुँडा धसेर अफ्रिकन अमेरिकन समुदायका जर्ज फ्लोइडको गैरकानुनी हत्या गरेको विरोधमा देशव्यापी रूपमा भइरहेका प्रदर्शनमा तोडफोड र लुटपाट पनि मच्चिरहेको छ । 
अमेरिकाका प्रायः सबै राज्यका प्रमुख सहरमा भइरहेको यो प्रदर्शनले अमेरिकाको भविष्य थप संकटमा पारेको छ । 

आन्दोलन शान्तिपूर्ण रूपमा गर्न र लुटपाट नमच्चाउन अफ्रिकन अमेरिकन समुदायका व्यक्तिहरूले नैं प्लेकार्ड लिएर उपस्थित भएका छन् ।  केही दिनअघि एउटा भिडियो सार्वजनिक भयो सामाजिक सन्जालहरूमा । तोडफोड र प्रदर्शनको क्रममा आफ्नो पसल पनि क्षतिमा गुमाएका अफ्रिकन अमेरिकन समुदायका एक व्यक्तिले प्रदर्शनकारीहरूको भीडलाई हेरेर रुँदै आफ्नो आक्रोश पोखिरहेका थिए । 

उनी भन्दै थिए, “यो व्यवसाय यत्तिको बनाउन मैंले आफ्नो सारा जीवन खर्चेको छु, तर किन तिमीहरूले यसलाई क्षणभरमैं ध्वस्त बनायौ ? म मिहिनेत गर्छु, काम गर्छु, तिमीहरूले मेरो कम्प्युटर, फर्निचर आदि अचानक जलाइदियौ ?”  उनको त्यो विलौना हृदयविदारक थियो । अफ्रिकन अमेरिकी समुदायको थिचोमिचोविरुद्ध भएको आन्दोलनले त्यही समुदायकै अर्का व्यक्ति पीडित बनेका थिए । 

जुन समुदायको न्यायका लागि प्रदर्शनहरू भएका हुन् त्यसको शिकार त्यही समुदायकै अर्का व्यक्ति भएका छन् ।  त्यसकारण यो जातीय हिंसाको विरोधमा भइरहेको प्रदर्शनको अनुचित प्रयोग पनि भइरहेको त छैन भन्ने प्रश्नलाई पनि बल पुर्याएको छ । 

कोभिड फैलिँदै 

प्रदर्शनमा व्यापक जनसहभागिताका साथ भएको उपस्थितिले कोरोना भाइरसको फैलावटलाई थप चर्काउने स्थिति देखिएको छ । अहिलेसम्म संयुक्त राज्य अमेरिकामा कोभिड १९ को संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ६ हजार ५ सय ७० रहेको छ भने करिब १८ लाख ४८ हजार जनालाई संक्रमण पोजिटिभ देखिएको छ । 

सामाजिक दूरी र घरमा बस्ने नियमको पालनाका कारण पछिल्लो समय मृत्यु र कोभिड १९ लागेर हस्पिटल भर्ना हुने मानिसको संख्यामा उल्लेख्य कमी आएको थियो ।  राज्यहरूले चरणबद्ध रूपमा व्यवसाय र कामकाजी जीवन खोल्दै जाने योजनाहरू पनि बनाएका छन् । कतिपय राज्यहरू खुलिसकेका छन् । 

शान्तिपूर्ण विरोध प्रदर्शनमा उपस्थित हुने व्यक्तिहरू मास्क र अनुहार ढाक्ने कपडा लगाएर उपस्थित भए पनि उनीहरूबीचमा कोचाकोच गरेर आन्दोलनमा आउँदा सामाजिक दूरी कायम हुन सकेको छैन । झन् प्रहरीसँग मुठभेड भएका घटनामा त यस्तो सामाजिक दूरीको कल्पना हुन सक्दैन ।  यस्तो परिस्थितिले जनस्वास्थका विज्ञ र चिकित्सकहरूले कोभिड थप फैलिने चेतावनी दिएका छन् ।

यसको असर एक–दुई दिनमा नदेखिए पनि सातदेखि चौध दिनमा देखिने उनीहरूले बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २०, २०७७  १२:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC