site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मुख्यमन्त्री राउतद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

जनकपुर । मुख्यमन्त्री लालबाबु राउतले सोमबार कोरोना महामारीको नियन्त्रण तथा उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जलाई स्वास्थ्य सामग्री र चेक हस्तान्तरण गरेका छन् । सो अस्पतालका प्रमुख डा मदन उपाध्यायलाई मुख्यमन्त्री राउतले स्वास्थ्य सामग्रीमा भिटिएम ९५० थान, मास्क चार हजार थान, सर्जिकल पञ्जा एक हजार जोडा, डिजिटल थर्मोमिटर ३० थान, स्यानिटाइजर २५ लिटर, पिपिइ ३० थान, गमबुट २० थान र जनचेतनामूलक हातेपर्चा ५०० थान हस्तानान्तरण गरे ।

यसका साथै मुख्यमन्त्री राउतले सङ्क्रमितको खाना र खाजाका लागि रु २५ लाखको चेकसमेत हस्तान्तरण गरे । यसअघि प्रदेश सरकारले नारायणी अस्पताललाई पिसिआर मेसिन उपलब्ध गराउनुका साथै सोको सञ्चालनका लागि रु ५० लाखसमेत उपलब्ध गराएको थियो ।
  
उक्त अवसरमा मुख्यमन्त्री राउतले मानव सभ्यताकै लागि चुनौती बनेको कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले आफ्नो क्षमताअनुसारको पहलमा कुनै कमी हुन नदिने प्रतिबद्धता प्रकट गरे । उनले प्रदेश सरकारले जनकपुर, वीरगञ्ज र राजविराजबाट कोरोना परीक्षणका लागि पीसीआर मेसिन जडान गरिसकेको र थप पीसीआर मेसिनका लागि पहल शुरु गरिएको जानकारी गराए ।  

मुख्यमन्त्री राउतले यस प्रदेशमा भारतलगायत अन्य मुलुकबाट आउने नागरिकका लागि नेपाली सेनाले सञ्चालन गर्ने गरी वीरगञ्जमा ५०० श्ययाको होल्डिङ क्वारेन्टिन, बारा र सप्तरीमा ५००र५०० श्ययाको प्रादेशिक क्वारेन्टिन निर्माणको प्रक्रियासमेत शुरु भइसकेको जानकारी गराए । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १३, २०७७  ०७:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC