site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अत्तरियामा अलपत्र मजदुर र विद्यार्थीले तीन दिनपछि खाना पाए
Sarbottam CementSarbottam Cement

काठमाडौं । झापाबाट सुदूरपश्‍चिम प्रदेशको कैलालीको अत्तरिया पुगेका करिब ५६ जनाले तीन दिनपछि खाना पाएका छन् । 

सुदूरपश्‍चिमका पहाडी जिल्लामा उनीहरुलाई नेपाली सेनाको सहजीकरणमा एक भाडाको गाडीमा झापाबाट अत्तरिया पुर्‍याइएको थियो । उनीहरु त्यहाँ तीनपछि भोकै रहेको र अत्तरियामा अलपत्र परेको भन्‍ने समाचारपछि नेपाली कांग्रेस कञ्‍चनपुरका महासमिति सदस्य हेमराज ओझाले खाना र पानीको व्यवस्था गरिदिएका हुन् । 

झापामा अलपत्र परेका उनीहरुलाई तीन दिनअघि नेपाली सेनाको सहयोगमा गाडी चढाएर सुदूरपश्‍चिम प्रदेशमा पठाइएको थियो । त्यसअघि उनीहरु भद्रपुर बहुमुखी क्याम्पसको क्‍वारेन्टाइनमा चार दिन बसेका थिए । भारतका विभिन्‍न ठाउँबाट आएका केही मजदुर र झापामा अध्ययनरत विद्यार्थीहरु गरी ५६ जना सुदूरपश्‍चिम प्रदेशको अत्तरियामा छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

तीन दिनदेखि भोकै रहेका उनीहरुलाई नेता ओझाको सहयोगमा नेपाली कांग्रेस कञ्‍चनपुरका नेता पुरन खड्का, नेपाल विद्यार्थी संघ कैलालीका पूर्वअध्यक्ष कृष्ण कुवँर र अर्का विद्यार्थी नेता लबबहादुर कुवँर धनगढीबाट अत्तरिया पुगेर खाना खुवाएका थिए । 

उनीहरुसँगको भएको पैसा पनि सकिएको र बाटामा केही खाना खुवाउने होटलहरुसमेत नभेटाएपछि भोकभोकै कैलालीको अत्तरिया पुगेको अलपत्र विद्यार्थी लोकजंग शाहीले बाह्रखरीलाई बताएका थिए । गाडीवालाले उनीहरुलाई त्यहीसम्म मात्र छोड्नसक्ने भन्दै त्यही ओरालिदिएको र झापाबाट अत्तरिया पुर्‍याएको भाडा मागिरहेको छ । उनीहरुसँग भाडा दिनका लागि पैसासमेत छैन । 

Global Ime bank

उनीहरुले आफूलाई आ-आफ्नो स्थानीय तह पुर्‍याइदिन माग गरेका छन् ।

अत्तरियामा अलपत्र मजदुर र विद्यार्थी : तीन दिन भयो खाना पाएका छैनौं, अब कहाँ जाने ? 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७  १७:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC