site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अत्तरियामा अलपत्र मजदुर र विद्यार्थी : तीन दिन भयो खाना पाएका छैनौं, अब कहाँ जाने ? 

काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमणका कारण देशभर लकडाउन जारी छ । दुई महिनादेखि जारी लकडाउनका कारण दैनिक मजदुरी गर्ने र विद्यार्थीहरु बढी चपेटामा परेका छन् । 

लकडाउन बढे सँगसँगै कोरोना संक्रमणको अवस्था पनि बढ्दै गएको छ । हालसम्म कोरोना संक्रमितको संख्या ६७५ पुगिसकेको छ भने चारजनाको संक्रमणका कारण मृत्यु भएको छ । सरकारले लकडाउनका कारण पीडित मजदुर, अलपत्र विद्यार्थी, रोजगारी गुमाएकाहरुलगायतका लागि कुनै राहत अथवा सहयाता उपलब्ध गराएको छैन । स्थानीय सरकारले पनि उनीहरुको पहलका लागि खासै ध्यान दिएको छैन । 

लकडाउन बढ्दै जाँदा खाद्यान्‍न र पैसा सकिएपछि पैदल हिँडेरै भए पनि दैनिक सयौं मानिसहरु गन्तव्यतर्फ गइरहेका छन् । यस्तैमध्येमा ४६ जना मजदुर कैलालीको अत्तरिमा अलपत्र अवस्थामा छन् । 

Dabur Nepal

झापामा अलपत्र परेका उनीहरु तीन दिनअघि नेपाली सेनाको सहयोगमा गाडी चढाएर आ-आफ्नो प्रदेशमा पठाइयो । त्यसअघि उनीहरु भद्रपुर बहुमुखी क्याम्पसको क्‍वारेन्टाइनमा चार दिन बसेका थिए । त्यहाँ उनीहरुलाई धेरै दिन राख्‍न नसकिने र भातरबाट आउने क्रम जारी रहेकाले उनीहरुलाई आ-आफ्नो प्रदेश पठाइयो । भारतका विभिन्‍न ठाउँबाट आएका केही मजदुर र झापामा अध्ययनरत विद्यार्थीहरु गरी ४६ जना सुदूरपश्‍चिम प्रदेशका लागि गाडी चढे ।

उनीहरुसँगको भएको पैसा पनि सकिएको र बाटामा केही खाना खुवाउने होटलहरुसमेत नभेटाएपछि भोकभोकै कैलालीको अत्तरिया पुगे । गाडीवालाले उनीहरुलाई त्यहीसम्म मात्र छोड्नसक्ने भन्दै त्यही ओरालिदियो र गाडीवालाले उनीहरुलाई झापाबाट अत्तरिया पुर्‍याएको भाडा मागिरहेको छ । उनीहरुसँग भाडा दिनका लागि पैसासमेत छैन । 

उनीहरुमध्येकै एकजना लोकजंग शाहीले भने, "सर गाडीवालाले पैसा मागिरहेको छ । हामीसँग पैसा पनि छैन । झापाबाट हिँड्ने दिन भद्रपुरमा खाना खाएको तीन दिन भयो खानासमेत पाएका छैनौं । अब कहाँ जाने ? केही थाहा छैन ।" 

स्थानीय तहले आ-आफ्ना स्थानीयहरुलाई उद्धार गर्छ भन्‍ने सुनेका उनीहरुले भने, "हाम्रा स्थानीय तहलाई भन्‍न मोबाइलमा ब्यालेन्स पनि छैन सर । कसरी सम्पर्क गर्ने ? ठूलो समस्यामा पर्‍यौं ।" 

उनीहरु सुदूरपश्‍चिम प्रदेशका विभिन्‍न जिल्लाका रहेका छन् । जसमध्ये बाजुराका १५ जना छन् । अछाम र बझाङका ५-५ जना, बैतडीका ९, डोटीका १० जना, दार्चुला र डडेल्धुराका १-१ जना छन् । उनीहरुमध्ये २५ जना विद्यार्थी छन् भने अन्य दैनिक मजदुरी गर्नेहरु छन् । उनीहरुमध्ये एक बाजुरा, दुई अछाम र दुई बैतडीका महिलाहरुसमेत छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्‍न सार्वजनिक कार्यक्रममा सम्बधोन गर्दै भन्‍ने गरेका थिए, "देशमा जनताको सरकार छ । अब कोही भोकै मर्दैन ।" तर, लकडाउनका कारण उनीहरुजस्तै विभिन्‍न स्थानमा सयौं अलपत्र परेका छन् । सरकारले उनीहरुका लागि अन्य व्यवस्था त के भोक मेटाउन पनि सकेको छैन ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७  १५:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro