site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
शाक्यलाई उत्कृष्ट राजदूतको अवार्ड
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौँ । इजरायलका लागि नेपाली राजदूत अञ्जान शाक्य ‘द एम्बेसडर क्लब अफ इजरायल’ बाट सम्मानित भएकी छन् । इजरायलको ७२औैं स्वतन्त्रता दिवसका अवसरमा शाक्यलाई ‘द एम्बेसडर क्लब अफ इजरायल’ ले ‘एम्बेसडर अफ द इयर २०१९–२०२०’बाट सम्मानित गरिएको हो ।
 
९० देशका राजदूतमध्येबाट शाक्य सम्मानित भएकी हुन् । उत्कृष्ट छनोट गर्न ९० वटै देशका राजदूतले मत व्यक्त गर्ने चलन छ । अहिलेसम्म युरोप र अमेरिकी मुलुकका राजदूत मात्र सम्मानित हुँदै आएकामा यसपटक नेपाल सम्मानित हुन गौरवको कुरा भएको शाक्यले बताइन् ।
 
“यो सम्मानलाई नेपाल र नेपालीप्रतिको सम्मानका रूपमा लिएको छु,” राजदूत शाक्यले भनिन्, “यो सम्मानले  नेपाल र नेपालीको शिर उँचो बनाएको छ ।” राजदूत शाक्यले सम्मानित गर्न योगदान पु¥याउने ९० मुलुककै राजदूत, इजरायली सरकार, इजरायली जनता र त्यहाँ रहेका नेपालीलाई धन्यवाद दिएकी छन् ।
 
“यो सम्मानले मलाई थप जिम्मेवार बनाएको छ,” उनले खुसी हुँदै भनिन्, “मेरो योग्यता र क्षमताले भ्यायसम्म नेपाल–इजरायल सम्बन्ध थप प्रगाढ बनाउन विशिष्ट योगदान गरिरहने छु ।”
 
शाक्य २०७५ फागुन ३ गते राजदूत नियुक्त भएकी थिइन् । यो अवधिमा नेपाल–इजरायल सम्बन्ध थप प्रगाढ बनाउन सक्दो योगदान पुर्‍याएको बताएकी छन् । अवार्डले थप जिम्मेवार बनाएको उनको भनाइ छ । 
 
राजदूत नियुक्त भएपछि इजरायल सरकारसँग नेपाललाई  प्रविधि, कृषि, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा सहयोग उपलब्ध गराउन भूमिका खेलिरहेको शाक्यको भनाइ  छ ।
 
“केही दिनअघि मात्रै नेपाल इजरायल चेम्बर अफ कमर्स र इजरायल चेम्बर अफ कमर्सबीच दुई देशबीच व्यापार व्यवसाय आदान–प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार  व्यापार, लगानी, उद्योग, कृषि, पर्यटन, प्रविधि, यातायात, पूर्वाधार विकास, ऊर्जा आदि क्षेत्रमा व्यापार व्यवसाय गर्न बाटो खुलेको छ,” शाक्यले भनिन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७  १५:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC