भारतमा कोरोना संक्रमितको संख्या एक लाख १८ हजारभन्दा बढी

भारतमा कोरोना संक्रमितको संख्या एक लाख १८ हजारभन्दा बढी

नयाँ दिल्ली । नोभेल कोरोना भाइरसको संक्रमण दिनानुदिन भारतमा बढ्दै गएको छ । 
 
भारतमा हालसम्म नोभेल कोरोना भाइरस संक्रमितको संख्या एक लाख १८ हजार ४४७ पुगेको छ । 

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार ४८ हजार ५३४ जनालाई उपचारपछि अस्पतालबाट डस्चार्ज गरिएको छ । 

भारतमा हालसम्म ६६ हजार ३३० सक्रिय संक्रमित रहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

हालसम्म भारतमा तीन हजार ५८३ कोरोना संक्रमितको मृत्यु भएको छ ।

भारतमा १.३५ बिलियन जनसंख्या भएको र कुल जनसंख्याको शून्य दशमलब १ प्रतिशत मानिसहरु मात्रै कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्री डा. हर्ष भर्दनले जनाएका छन् । -एएनआई

प्रतिकृया दिनुहोस
ad