ए डिभिजन लिग फुटबलको ‘टेक्निकल रिपोर्ट’ सार्वजनिक

ए डिभिजन लिग फुटबलको ‘टेक्निकल रिपोर्ट’ सार्वजनिक

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको ‘टेक्निकल ह्यान्ड बुक’ रिपोर्ट सार्वजनिक गरेको छ । 

शुक्रबार पत्रकार सम्मेलन गर्दै एन्फाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई रिपोर्ट बुझाएको हो । उक्त रिपोर्टमा लिग क्लब र लिगको हालसम्म सबै गतिविधि समेटिएको छ । 

लिग सकिएको करिब ३ महिनापछि एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले राखेप सदस्य–सचिव रमेशकुमार सिलवाललाई रिपोर्ट हस्तान्तरण गरे । सहिद स्मारक ‘ए’ डिभिजन लिग फागुनमा सम्पन्न भएको थियो । 
रिपोर्टमा लिगको विजेताको नाम, सहभागी क्लब, लिगमा भएका सबै गतिविधि, खेलाडीको नाम, पहेंलो कार्ड, रातो कार्डलगायतको जानकारी रहेको एन्फाले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस
ad