site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
चलचित्रहरू छायांकन गर्न महाराष्ट्र सरकारको तयारी
Sarbottam CementSarbottam Cement

नयाँदिल्ली । लकडाउन अगावैदेखि रोकिएको चलचित्र तथा टेलिशृङ्खलाको छायांकन पुन सुरु गर्न भारतको महाराष्ट्र सरकारले तयारी थालेको छ ।

चलचित्रको छायांकन र रिलिज लामो समय रोकिँदा बलिउड, मराठी चलचित्रका निर्माता तथा कलाकार र दैनिक ज्यालाका चलचित्र क्षेत्रका मजदुरहरू मारमा परिरहेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

साथै भारतको अर्थतन्त्रलाई उचालिरहेको चलचित्र उद्योग पनि करौंडोको घाटामा गइरहेको छ । यी सबै पक्षलाई मध्यनजर गर्दै महाराष्ट्र सरकारले सामाजिक दूरीको नियम पालना गर्दै सीमित रूपमा चलचित्रको छायांकन र पोस्ट–प्रोडक्सनको काम अघि बढाउन दिने योजना बनाएको हो ।

मराठी सिनेमा, टीभी र थिएटर इन्डस्ट्रिजका प्रतिनिधिमण्डलका एक प्रतिनिधिसँगको भेटमा मुख्यमन्त्री उद्धव ठाकरेले सरकारले गरिरहेको यस तयारीबारे जानकारी दिएका हुन् । उनले भनेका छन्, “सामाजिक दूरीका साथै अन्य नियमभित्र बसेर छायांकन र पोस्ट–प्रोडक्सनको काम पुनः कसरी सुरु गर्न दिने भन्ने विषयमा सरकारले विचार गर्नेछ ।”

Global Ime bank

मन्त्री ठाकरेले लकडाउनको मतलब सबै काम ठप्प गर्ने नभएको बताएका छन् । फिल्म इन्डस्ट्री ठप्प हुँदा धेरैको रोजगारी छुटेको भन्दै उनले प्रोडक्सन घरहरूलाई फिल्म सिटीमा भाडामा दिने विचार पनि व्यक्त गरेका छन् ।

छायांकन पुन सुरु गर्न दिए पनि रेडजोन घोषित नभएका स्थानमा विशेष सरसफाइमा ध्यान दिनुपर्ने कुरामा जोड दिइएको छ । यद्यपि चलचित्र हल पुनः सुरु गर्नेबारे भने अझै केही निर्णय भइसकेको छैन । 

कोरोना भाइरसका कारण करिब ७० हिन्दी, ४० मराठी र १० वेब सिरिजको छायांकन रोकिएको छ । जसका कारण यी क्षेत्रमा कार्यरत तीन लाखभन्दा बढीको रोजगारी संकटमा परेको छ । (नवभारत टाइम्स)
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  १३:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC