काठमाडौ । कोरोना संक्रमण देखिएका गुल्मीका ४१ वर्षका पुरुषलाई रुपन्देहीको क्रिमसन अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । अस्पतालकी नर्सिङ प्रमुख अम्बिका ज्ञवालीका अनुसार ती पुरुषलाई अस्पतालको भन्टिलेटरमा राखेर उपचार गरिएको छ ।
“कोरोना संक्रमण देखिनुभएका बिरामीको स्वास्थ्य अवस्था गम्भीर छ । अहिले अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ,”उनले भनिन्, “कुनै पनि ट्राभल हिस्ट्री नभएपछि अस्पतालमा भर्ना गरिएको थियो । उनको स्वाब गत शुक्रबार नै संकलन गरेर भैरहवा पठाइएको थियो तर आज मात्र रिपोर्ट आउँदा कोरोना पोजेटिभ देखिएको छ। ”
रिपोर्ट ढिलाइमा पनि समस्या देखिएको उनले गुनासो गरिन् । उनले अहिले अस्पताल सिल गरिएको जानकारी दिइन् ।
अस्पतालका एक कर्मचारीका अनुसार एक साताअघि सुरुमा ज्वरो आएको भए पनि एक सातापछि अस्पताल आएका रहेछन् । उनी जेठ १ गते अस्पताल भर्ना भएका थिए । ती पुरुष शिक्षक रहेको बताइएको छ ।