site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
उदयपुर, वीरगन्ज र नेपालगन्‍जमा २५ सयको नमुना संकलन गरिँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्वास्थ्य मन्त्रालयले नोभेल कोरोना भाइरसबाट बढी प्रभावित जिल्ला उदयपुर, वीरगन्‍ज र नेपालगन्जमा २५ सयको कोरोना परीक्षण गरिने जनाएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ‘हटस्पट’ – (कोरोना संक्रमण बढी) देखिएका तीन जिल्ला उदयपुर, वीरगन्‍ज र नेपालगन्‍जमा नमुना संकलन गर्न काठमाडौंबाट इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा र नेपाली सेनाको टिमले नमुना संकलन गरिरहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटालले उदयपुरमा ५ सय, वीरगन्‍जमा १ हजार र नेपालगन्ज १ हजार नमुना संकलन गरिने बताए । उनले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा नेतृत्‍वमा नेपाली सेनाको टिम ती क्षेत्रमा नमुना संकलन गरिरहेको  मन्त्रालयका प्रवक्ता डा.देवकेटाले जानकारी दिए ।

मन्त्रालयले बिहीबार गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आजसम्म १४ हजार ५०९ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको जानकारी दिए । 

Global Ime bank

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको आशंकामा एक हजार ४सय ५१ वटा नमुना परीक्षण भएको उनले जानकारी दिए । उनले आरडीटी विधिबाट ५४ हजार ९३ हजार  जनाको कोरोना भाइरसको आंशकामा नमुना परीक्षण गरिएको बताए ।

बिहीबार देशैभरको विभिन्‍न अस्पतालको आइसोलेनमा एक सय ३३ जना रहेका छन्  । जसमा काठमाडौं उपत्यकामा तीन जना र उपत्यकाबाहिर एक सय ३० जना रहेका उनले  बताए ।

मन्त्रालयका अनुसार हालसम्म कोरोना भाइरसको संक्रमितको संख्या ९९ जना रहेका छन्  । जसमा ७१ जना पुरुष र २८ जना महिला रहेका  छन् ।  अस्पतालमा उपचाररत ८० जनाको स्वास्थ्य अवस्था सामान्य हरेका छन् जसमा ७७ जना पहिलो पटक कोरोना संक्रमण देखिएर उपचाररत छन् भन् अन्य ३ जनामा पून कोरोना संक्रमण देखिएर उपचाररत रहेका मन्त्रालयले जनाएको छ ।

बिहीबार सातै प्रदेशका क्‍वारेन्टाइनमा १७ हजार ३ सय ७२ जना रहेको छन् । गत २४ घण्टामा मन्त्रालयको ‘हाम्रो स्वास्थ्य‘ मोबाइल एपमा २ जना रेड जना रेड जोनमा परेका मन्त्रालयले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७  १७:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC