देश
काठमाडौं । देशका विभिन्न ठाउँमा क्वारेन्टाइनमा रहेका केही व्यक्तिहरुमा औलो पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
क्वारेन्टाइनमा रहेका व्यक्तिहरुमा परीक्षण गर्दा पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । कुन ठाउँको क्वारेन्टाइनमा बसेका कति जनामा संक्रमण देखिएको हो भन्ने विषयमा भने मन्त्रालयले केही जानकारी दिएको छैन ।
क्वारेन्टाइनस्थल व्यवस्थित बनाउन उनले सबैलाई आग्रहसमेत गरे । अहिलेको अवस्थामा गर्भवती महिला र बच्चाहरुलाई लामखुट्टेको टोकाइबाट जोगाउन र व्यक्तिगत तथा वातावरणीय स्वास्थ्यमा ध्यान दिन पनि उनले आग्रह गरे ।
प्रकाशित मिति: शनिबार, वैशाख १३, २०७७ १७:०९
प्रतिक्रिया दिनुहोस्