site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

उदयपुरको पछिल्लो संख्या र त्यसको प्रकृति हेर्दा सरकारको सोच्ने तथा काम गर्ने दुवै शैली नबदलिने हो भने कोरोनाभाइरसको संक्रमणबाट नेपाल मुक्त हुन वर्षौं लाग्ने र त्यस अवधिमा हजारौंको ज्यान जाने जोखिम देखिएको छ  । सरकारी पदाधिकारीहरू सुरुमा आफूले ठानेको वा आदेश पाएको भन्दा अरू कुनै कुरा वा वस्तुको अस्तित्व स्वीकार गर्नसमेत तयार हुँदैनन् । यथार्थ सबैका सामु भएपछि किन्तु, परन्तुभन्दै स्वीकार त गर्छन् तर त्यसपछि गर्नैपर्ने कामका लागि पनि तत्पर हुँदैनन् र तयारीका लागि पाएको थप समय अकर्मण्यतामै खेर फालिदिन्छन् । केही नगरी नहुने अवस्थामा पुगेपछि मात्रै अर्थात् धेरै ढिला भएपछि गर्दा पनि पर्याप्त काम गर्दैनन् । कोरोनाभाइरस ९कोभिड–१९०को महामारीका सन्दर्भमा नेपाल सरकारको काम गराई यसभन्दा फरक भएन । यसैले महामारीको संकट सुरु नहुँदै सरकार विफल साबित भएको हो । अहिले पनि सत्तारुढ दलको ध्यान मूलतः सत्ता कब्जाका लागि तानाबाना बुन्नैमा गएको जो देखिएको छ । 


चीनको वुहानमा सन् २०१९ को डिसेम्बर ३० मा कोरोनाभाइरसबारे सावधान गराउन खोज्दा डाक्टर ली वेनलियाङको मुख नथुनिएको भए सायद यो महामारीले विश्वव्यापी रूप लिने पनि थिएन । त्यस्तै, नेपालको संसद्, सञ्चारमाध्यम र सामाजिक सञ्जालमा यहाँ पनि यो महामारी फैलनसक्ने हुनाले सावधानी अपनाउनुपर्छ भन्ने आवाजलाई मन्त्रीहरू विशेषगरी स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पूर्णतः अस्वीकार गरे । कोरोनाको सामना गर्न क्वारेन्टिन, अस्पतालजस्ता भौतिक संरचना बनाउनुपर्ने बेला मन्त्रीहरू भ्रमण वर्षको प्रचारमा व्यस्त रहे । विश्व स्वास्थ्य संगठनले नेपाल संक्रमणको उच्च जोखिममा छ भनेर सावधान गराएपछि पनि सरकार वास्तवमा केही नगरी बस्यो । फाट्टफुट्ट कोभिड–१९ संक्रमितहरू देखापर्न थालेपछि जुर्मुराएजस्तो गरेको सरकार बन्दाबन्दी लागू गर्न बल प्रयोग गर्ने र शंकास्पद ठाउँहरूमा ‘र्‍यापिड डाइग्नोस्टिक टेस्ट’ ९आरडीटी० गर्नमै केन्द्रित भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia


संक्रमण सकिएपछि गर्नु उपयुक्त हुने भनिएको यो परीक्षण सुरुमा संक्रमण पहिल्याउन पर्याप्त, र विश्वसनीय विधि होइन भनेर विज्ञहरूले भन्दै आएका छन् । सरकारी अधिकारीहरू भने अझै त्यसलाई स्वीकार गर्ने मनःस्थिति देखिएका छैनन् । यद्यपि, अहिलेसम्म त्यस विधिबाट गरिएको परीक्षण अत्यधिक मात्रामा गलत सिद्ध भइसकेको छ । पोलिमेरस चेन रियाक्सन ९पीसीआर० विधिबाट व्यापक परीक्षणका लागि चिकित्सा सामग्री र भौतिक संरचनाको व्यवस्था रातारात हुन सक्ने थिएन । तर, सरकार त बन्दाबन्दीका कारण दिनहुँ श्रम गरेर गुजारा चलाउने वर्गले पाउने सास्तीप्रति पनि उदासीन रह्यो । फलस्वरूप, एकातिर घर फर्कन चाहने हजारौं जनाले सयौं किलोमिटर भोकै पैदल हिँड्नु पर्‍यो । अर्कातिर,सरकारले यिनलाई व्यवस्थित रूपमा पठाउने प्रबन्ध नगर्दा यिनको कुनै अभिलेख रहेन । यिनीहरू रहेको समुदायमा कोभिड–१९को संक्रमण भइसकेको भए देशभर फैलने भयो । यति भइसक्ता पनि प्रधानमन्त्री केपी ओली सरकारको नीति र कार्यशैलीमा भएको त्रुटि स्वीकार गर्नसम्म तयार देखिँदैनन् । यसैले सही सल्लाह दिने आफ्नै कर्मचारीको समेत मुख थुन्न बढी रुचाउने मन्त्रीहरूले अरूका कुरा त नसुन्लान् तर विपक्ष वा नागरिक स्तरबाट भए पनि कोभिड – १९ को सामना गर्ने सही मार्गचित्र तयार गर्न सके स्थानीय सरकारहरूले लागू गर्न सक्छन् । 


अन्तर्राष्ट्रिय हवाई यात्रा सुरु भएपछि वैदेशिक रोजगारीमा गएकाहरूको ठूलो संख्या नेपाल फर्कनेछ । यता संक्रमण नियन्त्रण भएको रहेछ भने पनि विदेशबाट फर्कनेले भाइरस लिएर आउने जोखिम निकै उच्च छ । सरकारसँग त्यसका लागि कुनै योजना छैन । सके त सरकारी अधिकारीहरू तिनीहरू फर्कन्छन् भन्नेसम्म पनि स्वीकार गर्ने मनःस्थितिमा छैनन् । यसैले अहिलेकै सोच र शैली अर्थात् निषेध, अकर्मण्यता र झाराटराइबाट कोभिड–१९ को सामना गर्न सकिने देखिँदैन । सरकारले बेला छँदै विज्ञहरूको राय सुनोस् र जनतालाई विश्वासमा लिएर आसन्न संकटको सामना गर्न योजना बनाओस् । भारतमा इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले सरकारी संस्था आरडीटीको नतिजाले धोका हुने भएकाले प्रयोग नगर्न राज्य सरकारहरूलाई निर्देशन दिएको छ । नेपालमा पनि कुनै कृपापात्रलाई पोस्नैका लागि जनताको जीवनसँग खेलबाड नगरियोस् । जनतालाई भगवान् भरोसामा छाडेर सरकारले शासन गर्ने नैतिक वैधता गुमाउँदै छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०७७  १५:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC