site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘घोडामा सवार बादशाह निर्लज्ज र नग्‍न भइसक्नुभयो’
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले राजनीतिक दलको विभाजनसम्बन्धी कानुनी व्यवस्था खुकुलो पार्न अध्यादेश ल्याउने निर्णयलाई ‘क्रूर राजनीतिक दृश्य’ को संज्ञा दिएका छन् । 

सरकारले राजनीतिक दलको विभाजनसम्बन्धी कानुनी व्यवस्था खुकुलो पार्न अध्यादेश ल्याउने निर्णय गरेपछि उनले ट्विट गर्दै यस्तो प्रतिक्रिया जनाएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

कोभिड–१९ को महामारीलाई डटेर सामना गर्नुपर्ने बेला सरकारले पार्टी विभाजन गर्न सहज हुने अध्यादेश ल्याएपछि उनले टिप्पणी गरेका छन्, “घोडामा सवार बादशाह निर्लज्ज र नग्न भइसक्नुभयो, उहाँको नग्नताको उचाइमुन्तिर महामारीको त्रासमा आक्रान्त नागरिक सुस्केरा काढिरहेका छन् ।”

यसअघि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दलको विभाजनसम्बन्धी कानुनी व्यवस्था खुकुलो पार्न अध्यादेश ल्याएर बेमौसमी बाजा नबजाउन सरकारलाई सुझाव दिएका थिए । 

Global Ime bank

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलको विभाजनसम्बन्धी कानुनी व्यवस्था खुकुलो पार्न अध्यादेश ल्याउने निर्णय गरेको थियो । 

मन्त्रिपरिषद् बैठकको निर्णय सञ्चारमाध्यमहरुबाट सार्वजनिक भएलगत्तै कांग्रेस प्रवक्ता शर्माले ट्विटमार्फत संसारकै अहिलेको प्रधान प्राथमिकता कोरोनामाथि विजय हासिल गर्नु भएको स्मरण गराएका छन् ।

राजनीतिक दलसम्बन्धी ऐन– २०७३ मा  पार्टी विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलको ४० प्रतिशत सदस्य हुने प्रावधान छ । तर, सरकारले यसलाई फेरेर पार्टी विभाजनका लागि केन्द्रीय समिति वा संसदीय दलमध्ये एक ठाउँमा ४० प्रतिशत सदस्य भए हुने व्यवस्था गर्न लागेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  १९:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC