site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘बेमौसमी बाजा नबजाऔं’
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारलाई बेमौसमी बाजा नबजाउन सुझाव दिएको छ । 

सरकारले राजनीतिक दलको विभाजनसम्बन्धी कानुनी व्यवस्था खुकुलो पार्न अध्यादेश ल्याउने निर्णय गरेलगत्तै कांग्रेसले बेमौसमी बाजा नबजाउन सरकारलाई सुझाव दिएको हो । 
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलको विभाजनसम्बन्धी कानुनी व्यवस्था खुकुलो पार्न अध्यादेश ल्याउने निर्णय गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

मन्त्रिपरिषद् बैठकको निर्णय सञ्चार माध्यमहरूबाट सार्वजनिक भएलगत्तै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मिनी माइक्रो ब्लगिङ साइट ट्विट गरेर अहिलेको प्राथमिकता कोरोनामाथि विजय हासिल गर्नु भएको स्मरण गराएका छन् ।

उनले लेखेका छन्, “बेमौसमी बाजा नबजाऔं । संसारकै अहिलेको प्रधान प्राथमिकता कोरोनामाथि विजय हासिल गर्ने हो । नेपाल देशका लागि पनि यतिबेला अन्य सबै विषय गौण छन् र गौण रहनुपर्छ । हाम्रो सम्पूर्ण सोच र शक्ति नेपाल र नेपालीको रक्षाका लागि एकतापूर्वक समर्पित रहनैपर्छ । जय नेपाल ।”

Global Ime bank

राजनीतिक दलसम्बन्धी ऐन– २०७३ मा पार्टी विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलको ४० प्रतिशत सदस्य हुने प्रावधान छ । तर, सरकारले यसलाई फेरेर पार्टी विभाजनका लागि केन्द्रीय समिति वा संसदीय दलमध्ये एक ठाउँमा ४० प्रतिशत सदस्य भए हुने व्यवस्था गर्न लागेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  १७:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC