site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
म बार्साको अध्यक्ष भए नेयमारलाई तत्काल अनुबन्ध गर्थे‌ं : केइटा
Sarbottam CementSarbottam Cement

एजेन्सी । ब्राजिलियन स्टार खेलाडी नेयमारको स्थान्तरणका विषयमा अन्तर्राष्ट्रिय मिडियामा  निकै नै चर्चा चलेको छ । 

सेनेगल अन्तर्राष्ट्रिय केइट बाल्डले आफू बार्सिलोनाको अध्यक्ष भए नेयमारलाई तत्कालै अनुबन्ध गर्ने बताएका छन् । “फुटबलका लागि नेयमार महान् छन् । उनी कुनै पनि टिमका लागि खेल्न सक्थे,” केइटले भने, “यदि म बार्सिलोनाको अध्यक्ष या प्रशिक्षक भए, नेयमारलाई भोलि नै अनुबन्ध गर्ने थिएँ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

उनले थपे, “ नेमारको क्षमतामा कुनै शंका छैन । बार्सिलोनाको इच्छा पनि छैन । यदि ठूलो मूल्यको सम्झौता गर्न सके उनको ढोका खुला छ ।” उनी विश्व कीर्तिमानी मूल्यमा पीएसजी गएदेखि पुनः स्पेन फर्किने विषयले चर्चा चल्दै आएको छ । त्यतिबेला नेयमार कप्तान लियोनल मेस्सीको छायामा परेकाले आफू पीएसजी पुगेको बताएका थिए । 

नेयमरमा पीएसजीमा अनुबन्धपछि कैयौंपटक चोटिलो बन्नुले फ्रान्समा एक ठूलो मुद्दा बनेको थियो । चोटकै कारणले २८ वर्षीय नेयमारको फुटबलप्रति नै प्रश्न उठेको थियो । तर, नेयामरले पीएसजीका लागि सबै ८० खेल खेल्दा ६९ गोल गरेका छन् । 

Global Ime bank

नेयमारले सन् २०१९ मा बार्सिलोना फर्किने प्रयास गरेका थिए । तर, उक्त प्रयास सफल हुन सकेन । तर, यतिबेला फेरि बार्सिलोनाले उनीमाथि इच्छा देखाएको खुलासा भएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २५, २०७६  १३:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC