site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कैलाली र कञ्चनपुरका क्‍वारेन्टाइनमा रहेका सबैको कोरोना परीक्षण गरिने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोना आशंकामा नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालसम्म एक हजार ५ सय २९ जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

हाल दैशभरका अस्पतालको आइसोलेसनमा एक सय १३ जनाको उपचार भइरहेको मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । उनले मन्त्रालयको मोबाइल एपमा रेड जोनमा आज मात्र २४ जना थपिएका छन् जम्मा कुल रेड जोनमा १ सय ५० जना पुगेको समेत बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“आजबाट चितवनको प्रयोगशालामा कोरोना भाइरसको नमुना संकलन गरे परीक्षण गरिएको छ,” उनले भने, “हिजोसम्मको धेरैजसोको कन्ट्र्याक टेसिङ गरेका छौं, धेरैजसोको मोबाइल नम्बर फरक परेको पाइएको छ, क्वारेन्टाइनमा बस्नुभएको छ, हामीसँग सीधा सम्र्पक हुन सक्दैन, तपाईंहरूले गरेको इन्ट्रीमार्फत स्वास्थ्य कस्तो छ भनेर बुझ्ने हो ।” 

कैलाली र कञ्चनपुरका क्वारेन्टाइनमा रहेका सबैको र्यापिट टेस्ट किटबाट कोरोना परीक्षण गरिने पनि उनले बताए । उनले भने, “बाग्लुङका दुई कोरोना पोजेटिभ देखिएका आफन्त र वरपरका मानिसको पनि कोरोना परीक्षण गरिनेछ ।” कोरोना भाइरसको र्यापिट टेस्ट किटबाट परीक्षण गर्दा पोजेटिभ देखिए पीसीआर मेसिनबाट पुनः कोरोना परीक्षण गरिने उनले बताए ।

Global Ime bank

मन्त्रालयले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र राष्ट्रिय अनुसन्धान परीक्षदको बैठकमा र्यापिट टेस्ट किटबाट परीक्षण गर्न इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट आजै टोली जाने तयारी रहेको समेत उनले जानकारी दिए । उनले खरिपाटीको क्वारेन्टाइनमा रहेका ९४ जनाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको बताए ।

दुई कल सेन्टरमा १११५ र ११३३ मा २४ घण्टामा २७ सय ६६ जनाको गुनासो सम्बोधन गरिएको समेत मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमा एकजना उपचारपछि घर गएका छन् भने ८ जना अस्पतालमा उपचाररत छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २३, २०७६  १७:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC