site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
चीन-भारत सम्बन्ध सुरुआतको नयाँ बिन्दुमा : चिनियाँ राष्ट्रपति 
Sarbottam CementSarbottam Cement

बेइजिङ ।  चिनियाँ राष्ट्रपति सी जिन पिङले चीन-भारत सम्बन्ध सुरुआतको नयाँ बिन्दुमा पुगेको बताएका छन् । चीन-भारत द्विपक्षी सम्बन्धको ७० औं वर्षगाँठको अवसरमा भारतीय समकक्षी रामनाथ कोविन्दलाई बधाई सन्देश दिँदै भने, "चीन-भारतले विगत ७० वर्षमा असधारण विकासको अनुभव गरेका छन् ।" 

दुवै पक्षको साझा प्रयासबाट दुवै मुलुकले शान्ति र समृद्धि र सुमधुर सम्बन्धको विकासका लागि  रणनीतिक र साझेदारी सहकार्य गरेको राष्ट्रपति सीले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले भने, "दुवै पक्षले विभिन्‍न क्षेत्रमा द्विपक्षी आदानप्रदान र सहकार्य बढाउँदै लगेको र महत्त्वपूर्ण क्षेत्रीय र अन्तर्राष्ट्रिय मामिलामा समन्वयमा लगातार सुधार गरेको छ । "

राष्ट्रपति सीले द्विपक्षीय सम्बन्धमा विकासलाई विशेष महत्त्व दिएको र राष्ट्रपति रामनाथ कोविन्दसँग मिलेर चीन-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन काम गर्ने बताए । 

Global Ime bank

त्यसैगरी भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारत-चीनले विगत ७० वर्षमा महत्त्वपूर्ण विकास गरेको बताएका छन् । राजनीति, अर्थ र व्यक्ति-व्यक्तिबीचको आदानप्रदानमा विशेष जोड दिएको कोविन्दले बताएका छन् । 

कोविन्दले भनेका छन्, "भारत-चीको सम्बन्धलाई थप बलियो बनाउन चीनसँग मिलेर दुवै मुलुकको हित र ठूला महत्त्वका विषय, क्षेत्रीय मुद्दा र अन्तर्राष्ट्रिय मामिलामा काम गर्न तयार छौं ।" - सिन्ह्वा 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  १५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC