site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
असाहय, अतिविपन्‍न तथा मजदुरलाई मात्रै राहत लिन आग्रह
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले  असहाय, अतिविपन्‍न तथा मजदुरलाई मात्र राहत लिनका लागि आग्रह गरेका छन् । 

महानगरका बासिन्दाका लागि आज एक अपिल जारी गर्दै नगरप्रमुख शाक्यले लकडाउन पूर्ण रुपमा पालना गर्न पनि आग्रह गरेका छन् । ‘‘नेपाल सरकारले लकडाउन अवधिभर सम्पूर्ण असहाय, अति विपन्न र दैनिक ज्यालादारीमा काम गर्ने व्यक्तिहरूलाई राहत प्रदान गर्ने निर्णय गरेको र त्यसको लागि स्थानीय निकायले लगत संकलन कार्य अघि बढाइएको छ,’’ उनले जारी गरेको अपिलमा भनिएको छ, ‘‘यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाले पनि महानगरभित्र तत्काल राहत वितरण कार्यलाई सहज र व्यवस्थित गर्न ‘कामपा कोरोना भाइरस (कोभिड – १९) सम्बन्धी राहत वितरण मापदण्ड, २०७६’ पारित गरिसकेको छ ।’’

Prabhu Bank
Agni Group
NIC Asia

मेयर शाक्यले अभिभावक नभएका, आयस्रोत तथा जायजात नभएका, वृद्धाश्रम, संरक्षणगृह, मन्दिर, गुम्बा, मस्जिदमा आश्रित, आम्दानीको स्थायी स्रोत नभएका, दैनिक गुजारा गर्न धौधौ पर्ने महानगरवासीलाई राहत वितरण सुरु गरेको पनि जानकारी दिए ।

सरकारले घोषणा गरेको दुई साताको ‘लकडाउन’ उल्लंघन गर्ने छिटफुट गतिविधिहरू हुन थालेको भन्दै त्यसलाई जिम्मेवार ढंगले सबैलाई पूरा गर्न उनले आग्रह गरेका छन् ।

Global Ime bank

‘‘कोरोना संक्रमणलाई सामान्य रूपमा लिनु ठूलो गल्ती हुन सक्ने भएकाले लकडाउन घोषणालाई पूर्ण पालना गरी घरैमा बसेर कोरोना संक्रमणविरुद्धको राष्ट्रिय अभियानलाई सहयोग पुर्‍याउन सम्पूर्ण महानगरवासीमा पुनः एकपटक हार्दिक अपिल गर्दछु,’’ महानगरद्वारा जारी अपिलमा भनिएको छ, ‘‘माहामारीका रूपमा विश्वभरि फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस) संक्रमण नियन्त्रणका लागि नेपाल सरकारले घोषणा गरेको लकडाउनलाई उल्लंघन गर्ने छिटफुट गतिविधिहरू हुन थालेका छन् । अत्यावश्यक काम बाहेक बाहिर ननिस्किदिनु हुन अनुरोध छ ।’

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  १२:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC