site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
चिकित्सा सामग्री खरिद अनियमिततामा प्रचण्डको गम्भीर चासो, प्रधानमन्त्रीसँग पौनेघण्टा छलफल

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले चीनबाट खरिद गरेर ल्याइएको चिकित्सा सामग्रीमा भएको अनियमितता बारे गम्भीर चासो व्यक्त गरेका छन् ।

बुधबार अपराह्न प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा चिकित्सा सामग्रीमा भएको अनियमितता–भ्रष्टाचारबारे कुरा गरेको दाहालको सचिवालयले जनाएको  छ ।

सरकारले वाणिज्य विभागमा दर्ता नै नभएको कम्पनी ओम्नी समूहसँग खरिद सम्झौता गरेर सामग्री ल्याएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

चौतर्फी आवाज उठेपछि स्वास्थ्य सेवा विभागले बुधबार नै ओम्नी समूहसँगको खरिद सम्झौता रद्द गरेर पाँच करोड धरौतीसमेत जफत गरेको छ । 

धरौटी जफत, सम्झौता रद्द मात्रै समस्या समाधान नभएको र भ्रष्टाचार नै भएकाले संलग्नहरूलाई कारबाहीको माग पनि उठिरहेको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले अन्तर्राष्ट्रिय बजारमा अभाव भएकाले चल्तीको मूल्यभन्दा महँगोमा ल्याउनुपरेकोबाहेक थप टिप्पणी गर्न रुचाएका छैनन् ।

Global Ime bank

प्रक्रिया नपुर्‍याइ खरिद् सम्झौता गरिएको, बजार मूल्यभन्दा चर्कोमा सरकारले खरिद गरेकोबारे पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले चासो राखेको सचिवालयको भनाइ छ ।

बुधबारको दुई अध्यक्षको भेटवार्तामा दार्चुलालगायत भारतीय सीमावर्ती इलाकामा अड्किएका नेपालीहरूको विषयमा पनि चिन्ता व्यक्त गरेका थिए । 

दार्चुला पारि धार्चुलामा एक हजारभन्दा बढी नेपाली अलपत्र छन् । भारतीय प्रशासनले व्यवस्थापन गरेको भए पनि उनीहरूले देश छिर्न पाउन याचना गरिरहेका छन् । उनीहरूको व्यवस्थापनबारे सोच्ने दाहालले सरकारलाई निर्देशन दिएको बुझिएको छ ।

पौनेघण्टाको छलफलमा दाहालले लकडाउनबाट मर्कामा परेका गरिब, किसान, मजदुर र विपन्न वर्गलाई थप राहत उपलब्ध गराउन पनि निर्देशन दिएको सचिवालयले जनाएको छ ।

यता प्रधानमन्त्रीको सचिवालयले भने नियमित भेटवार्ता भएको बताएको छ ।

“उहाँहरूबीच अपराह्न ४ बजे भेट भएको हो । नियमित भेटघाट हो,” प्रधानमन्त्रीको सचिवालयले भन्यो ।

फाइल तस्बिर 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  २०:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय