site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नैतिकताको आधारमा प्रधानमन्त्री प्रचण्ड पदमा बसिरहन मिल्दैन : प्रभु साह

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नैतिकतामाथि प्रश्न उठाएका छन् । 

मंगलबार प्रतिनिधिसभा बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले सो टिप्पणी गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड आफ्नो बोलीमा अड्न नसकेकाले पदमा बसिरहन नमिल्ने अवस्था आएको उनको भनाइ छ ।प्रधानमन्त्रीले संघमा तीन करोडभन्दा घटीको योजना रहँदैन भन्ने गरे पनि त्यो लागु नभएको उल्लेख गर्दै साहले आफ्नै कुरामा टिक्न नसक्ने प्रधानमन्त्री नैतिक रूपमा पनि पदमा बस्न नमिल्ने बताए । उनले नेपाली जनताले तिरेको कर पहुँचवालाको लागि मात्र वितरण गर्ने काम गर्न नहुने बताए । 

“हामीले हेरिराखेको छौँ, यो बजेट पहुँचवालाको भएको छ । यो नेपाली जनताको राजस्व होइन ? जनताले तिरेको कर होइन ? हो भने देशभरि जानु पर्दैन ?” उनले भने, “प्रधानमन्त्रीबाट यसको जवाफ चाहन्छु । सम्माननीय प्रधानमन्त्रीज्यूले भन्नुभएको थियो–हामी यो संघीयतालाई कार्यान्वयन गर्छौं । अब संघमा तीन करोडभन्दा घटीको योजना रहँदैन । सोध्न चाहन्छु– प्रधानमन्त्रीजी तपाईंको कुरा चलेको छ कि छैन ? चलेको छैन भने तपाईं कुन मोरलले त्यहाँ बस्नु हुन्छ ? यदि चलेको हो भने कसरी तपाईंको कुराको उल्लंघन भयो ? तपाईं आफ्नै कुरामा टिक्नु भएको छैन भने तपाईं मोरल्ली त्यहाँ बस्न मिल्छ जस्तो मलाई लाग्दैन ।”

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १६:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro