site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निश्चित मापदण्डका आधारमा बजेट बनाउनुपर्छ : प्रमुख सचेतक परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले निश्चित मापदण्डको आधारमा बजेट बनाउनुपर्ने बताएका छन् । 

उनले विगतदेखि नै बजेट निश्चित विधि र पद्धतिमा नबनेको भन्दै विरोध हुने गरेको बताए । बजेटको समन्यायिक वितरण हुनुपर्ने उल्लेख गरे । अमुक मन्त्री हाबी हुने बजेट बनाउन बन्द गर्नुपर्ने उनको भनाइ थियो । सबै निर्वाचन क्षेत्रमा निश्चित न्यूनतम बजेट जाने व्यवस्था गर्नुपर्ने उनले बताए । 

"अब बजेट एउटा विधिमा बनाऔँ । एउटा पद्धतिमा बनाऔँ । यसलाई एउटा सुत्रमा बनाऔँ । समन्यायिक विकासको कुरा हामी सबै गर्छौँ । तर, समन्यायिक बजेट वितरण किन हुन सक्दैन ? अमुक मन्त्री हाबी हुने बजेट बनाउन अब हामी बन्द गरौँ । एउटा निश्चित मापदण्ड, निश्चित व्यवस्था त गर्न सकिन्छ होला नि त," उनले भने ।

उनले गृह मन्त्रालयको काम सम्मान गर्न लायक र सन्तुष्ट हुने खालको रहेको बताए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १७:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro