site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतले सस्तो मूल्य पर्ने भेन्टिलेटर बनाउँदै 
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । नोभेल कोरोना भाइरसले विश्‍वलाई त्रसित बनाइरहेका बेला भारत अहिले कोरोना संक्रमितको उपचारका लागि आवश्‍यक पर्ने भेन्टिलेटर बनाउने दौडमा लागेको छ । यसअघि १२ सय भारतीय रुपैयाँ पर्ने कोरोना परीक्षण किट बनाएर सफलता हात पारेको भारतले अहिले श्‍वासप्रश्‍वासमा समस्या भएका कोरोना संक्रमितका लागि अत्यावश्यक हने भेन्टिलेटर बनाउन लागेको हो । 

आठ हजार स्क्‍वायर फिट क्षेत्रफलमा फैलिएको पुनेमा दर्जनौं इन्जिनियरहरु सस्तो मूल्य पर्ने भेन्टिलेटर बनाउन जुटेका हुन् । यो सफल भए कोरोनासँग लडिरहेका हजारौं संक्रमितको जीवन बचाउन सहयोगी हुने बताइएको छ । भारतमा हालसम्म करिब ४८ हजार भेन्टिलेटर भएको तथ्यांक सार्वजनिक गरिएको छ । यसमा कतिवटा काम गर्छन् भन्‍ने यकिन छैन । उपलब्ध भएका भेन्टिलेटरहरु भारतका विभिन्‍न अस्पतालहरुमा बिरामीको उपचारमा प्रयोग गरिएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

६ जना कोरोना संक्रमितमध्ये एकजना गम्भीर बिरामी हुने गरेको र उसलाई भेन्टिलेटरको आवश्यकता पर्ने बताइएको छ । जसका कारण विभिन्‍न मुलुकमा भेन्टिलेटर अभाव भएका समाचारहरु आइरहेका छन् । भेन्टिलेटर अभाव हुन नदिनका लागि सस्तोमा सहजै भेन्टिलेटर उपलब्ध गराउन भारतका विभिन्‍न शीर्ष इन्जिनियर कलेजका विद्यार्थीहरु यसमा लागेका हुन् । 

भारतमा हाल दुईवटा कम्पनीले भेन्टिलेटर उत्पादन गर्छन् । जसका लागि आवश्यक कच्चा पदार्थहरु बाहिरबाट ल्याइएका छन् । यी कम्पनीले उत्पादन गरिरहेका भेन्टिलेटरलाई हाल एक लाख ५० हजार भारतीय रुपैयाँ पर्दछ । भारतले अहिले चीनबाट १० हजार भेन्टिलेटर मगाएको छ । 

Global Ime bank

तर, पुनेस्थित नोका रोबोटिक्सले उत्पादन गर्न लागेको भेन्टिलेटरलाई ५० हजार भारतीय रुपैयाँ अर्थात ६६२ अमेरिकी डलर पर्ने बताइएको छ । काम थालेको पाँचौं दिनमा सात इन्जिनियरको समूहले तीनवटा नमुना तयार पारेका छन् । यी भेन्टिलेटरहरुलाई कृतिम फोक्सोमा परीक्षण भइरहेको छ । - बीबीसी   

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  १५:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC