site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मेरो चाहना चेल्सीमै रहने : पेड्रो 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । प्रिमियर लिग फुटबल क्लब चेल्सीका स्टार खेलाडी पेड्रोले आफ्नो सोच क्लबमै रहने भएको बताएका छन् । सन् २०१५ मा स्पेनिस क्लब बार्सिलोनाबाट चेल्सी आएका पेड्रोले यो सिजन प्रिमियर लिगमा ९ खेल खेल्दै एक गोल र एक असिस्ट गरेका छन् । त्यस्तै च्याम्पियन्स लिगमा तीन खेल खेलेका छन् । 

“मेरो क्लबसँगको सम्झौता मेसम्मको मात्र रहेको सबैलाई थाहा नै छ । तर, अहिलेसम्म मैले क्लबलाई सम्झौता नवीकरण गर्ने या अन्त्य गर्ने विषयमा बोलेको छैन,” पेड्रोले क्लबको वेबसाइटमा भने । 

पेड्रोले बार्सिलोनामा २०४ खेल खेल्दै ५८ गोल गरेका थिए । पेड्रोले स्पेनका लागि ६५ खेल खेल्दै १७ गोल गरे ।  “क्लबका समर्थकहरूले गुड बाई लेखेको म्यासेजहरू देख्छु । कहिले–काहीं आफूलाई पनि क्लब छोडेर जाँदै छु भन्ने लाग्छ । तर म क्लबमै रहन चाहन्छु,” पेड्रोले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६  ११:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC