site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अब क्वारेन्टाइनमा बसेरै लाइभ नाटक हेर्न पाइने
Sarbottam CementSarbottam Cement

काठमाडौं । अहिले विश्व नै कोरोना भाइरसको चपेटामा परिरहेको छ । जसबाट जोगिन हरेक देशले ‘लकडाउन’ को उपाय अपनाएका छन् ।

यो संक्रमणबाट बच्न नेपालले पनि चैत ११ गतेदेखि १८ गतसम्म ‘लकडाउन’ गरेको छ । 

अहिले सबै जनता घरघरमा क्वारेन्टाइनमा बसिरहेका छन् । यो समयलाई मनोरञ्जन र सिर्जनामत्क बनाउने उद्देश्यका साथ ‘क्वारेन्टाइन नाटक महोत्सव’ सुरु हुने भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

थिएटर मल–कीर्तिपुर रङ्मञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टीसीसी नेपाल) को संयुक्त पहलमा ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव २०७६’ आयोजना हुने भएको हो ।

शुक्रबार मार्च २७ गते विश्व रङ्गमञ्च दिवसको अवसर पारेर यसको आयोजना गर्न लागिएको हो । 

Global Ime bank

आयोजक टिमले यस ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव’ मा आफ्ना नाटकको भिडियोसहित सहभागी हुन सबै रङ्गकर्मीलाई आग्रह गरेका छन् । 

थिएटर मल तथा टीसीसी नेपालका अध्यक्षसमेत रहेका केदार श्रेष्ठ भन्छन्, ‘सेल्फ क्वारेन्टाइनमा बसिरहँदा पनि रङ्गमञ्चबाट टाढा हुन नपरोस् भन्ने हाम्रो सोच हो ।”

“यस्तो विपद, दुःख र भिन्न वातावरणमा नेपाली रङ्गमञ्चले पनि खास केही गर्न सक्ने अवस्था छैन । रङ्गमञ्च आफैंमा त्यस्तो जटिल माध्यम हो जसले दर्शक र जनतासँग नाटकमार्फत् प्रत्यक्षमात्र सञ्चार र संवाद गर्न सक्छ । त्यसकारण रङ्गमञ्चले यो बेला

नाटकघरमा वा कुनै पनि मञ्चमा नाटक मञ्चन गरेर सञ्चार र संवाद गर्न सक्दैन, उनी भन्छन्, “तर पनि यस्तो संकटपूर्ण र जटिल अवस्थामा दर्शक र रङ्गप्रेमीहरूलाई दैनिक जीवनयापन सहज बनाउन र मानसिक रूपमा साथ दिन भर्चुअल माध्यम प्रयोग गर्दै नाटकको भिडियो फेसबुकको भित्तामा प्रस्तुत गर्दैछौं । यसबाट थिएटरको वास्तविक आनन्द, अनुभूति र अनुभव लिन नसकिए पनि क्वारेन्टाइन अवधिलाई रङ्गमञ्चसँग जोडिरहन मद्दत गर्छ भन्ने विश्वास छ ।” 

यो महोत्सव अन्तर्गत हरेक दिन साँझ ५ बजे थिएटर मलको फेसबुक पेज Theatre Mall Kirtipur Rangamanch | www.b.com/theatremall

बाट लाइभ स्ट्रिमिङ हुनेछ ।

कम्तीमा एक सातादेखि अनिश्चितकालसम्म जारी रहने यस महोत्सवमा हरेक दिन फरक फरक एकएक नाटक लाइभ स्ट्रिमिङ गरिने छ ।

साथै नाटक महोत्सव र नाटकबारे सोही पेजमार्फत् अन्तरक्रिया पनि निरन्तर हुने आयोजकले जानकारी दिएका छन् ।


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६  १४:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC