site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
हाम्रो पात्रोले ल्यायो घरमैं बसी डाक्टरसँग भिडियो कल गर्ने सुविधा
Sarbottam CementSarbottam Cement

काठमाडौं । सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल चिकित्सक संघ, हाम्रो पात्रो र एनसेलको प्राविधिक सहयोगमा घरमैं बसी कोरोनाभाइरस (COVID-19) को लक्षणसँग मेल खाने देखिएमा स्वास्थ्य सल्लाह तथा परामर्शका लागि 'Ncell CALL TO डाक्टर' सेवा प्रयोग गर्न सकिने हाम्रो पात्रोले जनाएको छ ।

यो सेवा प्रयोग गर्नका लागि हाम्रो पात्रोमा जानुपर्नेछ अथवा यो लिंक खोलेर आफ्नो समयानुसार अनलाइन बसेका नेपाल चिकित्सक संघमार्फत जुटेका डाक्टरहरुसँग सजिलो भिडियो कल गर्न सकिनेछ । डाक्टर अनलाइन भएको खण्डमा 'डाक्टरलाई कल गर्नुहोस्' बटन थिचेर केवल एक क्लिकमैं भिडियो कल मार्फत परामर्शका लागि आफ्ना समस्या तथा शंकालाई डाक्टरसमक्ष प्रत्यक्ष भेटेझै राख्न सकिने हाम्रो पात्रोले जनाएको छ ।
 
यो सेवा हाम्रो पात्रोले नेपाल चिकित्सक संघको अनुरोधमा कोरोना (COVID-19) को संक्रमणको लक्षणसँग मिल्दो समस्या देखिएका नागरिकको लागि एनसेलसँगको प्राविधिक सहकार्यमा तयार गरिएको हो । यस विषम परिस्थितिमा अन्य स्वास्थ्य समस्यासँग सम्बन्धित फोन नगरिदिनुहुन अनुरोध पनि गरिएको छ ।
अप्ठेरोमा रहेकाहरुले तुरुन्त उचित स्वास्थ्य परामर्शसहित सेवा लिन सकून भन्ने उद्देश्य रहेको हाम्रो पात्रोका व्यवस्थापकीय निर्देशक सन्तोष कुमार देवकोटाले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

कोरोनाभाइरस (COVID-19) को लक्षण देखिएमा वा शंका लागेमा डाक्टरसँग भिडियो कल मार्फत उचित परामर्श प्राप्त गर्नुहोस् 

देश अहिले लकडाउन (बन्दाबन्दी) को स्थितिमा छ र अहिलेको स्वास्थ्य संकटसँग लड्ने यो नै एउटा उत्तम उपाय भएको जारी विज्ञप्तिमा उल्लेख छ ।
यदी तपाईंलाई कोरोना भाईरस (COVID-19) को लक्षणसँग मिल्दो समस्या देखिएको छ भने इन्टरनेटको प्रयोग गरी हाम्रो पात्रोमा उपलब्ध Ncell CALL TO डाक्टर सुविधा प्रयोग गर्न सकिने र यसबाट जोगिन तथा अरुलाई पनि जोगाउन उचित स्वास्थ्य सल्लाह प्राप्त गर्न सकिने हाम्रो पात्रोका संस्थापक अध्यक्ष शंकरराज उप्रेतीले बताए ।

Global Ime bank

यो महाअभियानमा जुटेर अहिले लकडाउन अन्तर्गत घरमैं स्वास्थ्य परामर्शका लागि यदी डाक्टरहरु स्वयमसेवक भई जुट्न चाहेमा कृपया support@hamropatro.com, aregmi@hamropatro.com, skdevkota@hamropatro.com मा इमेल गर्न सकिने छ ।
Ncell CALL TO डाक्टर सेवामा आवद्ध कसरी हुने र कसरी प्रयोगकर्ताहरुका जिज्ञासालाई सम्बोधन गर्ने बारे थप जानकारी दिने हाम्रो पात्रोले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १२, २०७६  १६:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC