site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
हालान्ड सफल युवा खेलाडी 
Sarbottam CementSarbottam Cement

एजेन्सी । इर्लिङ हालान्ड यो सिजन सबै भन्दा चर्चामा आएका युवा फुटबल खेलाडी हुन् ।

१९ वर्षीय नर्वेका खेलाडी यो सिजन दुई क्लबबाट चर्चा कमाउन सफल भए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनी सन् २०१९–२० को सिजनबाट चर्चामा आएका हुन् । पहिलो सिजनमा नै अस्ट्रेलियन बुन्डेस लिगमा एकै सिनज १४ खेलमा १६ गोल गर्न सफल खेलाडी हुन् । त्यसअघि उनले २०१९ मा नर्वेका लागि यू–२० विश्वकपमा तीन खेल खेल्दै ९ गोल गर्न सफल भएका थिए । त्यसपछि हालान्डको चर्चा विश्व फुटबलमा हुनथालेको हो । 

उनले च्याम्पियन्स लिग फुटबलमा सहभागी भएर रेडबुल साल्जबर्गबाट ६ खेलमा ८ गोल गर्न सफल भए । त्यसपछि उनले युरोपियन फुटबलमा गजबको चर्चा कमाए । 

Global Ime bank

उनलाई युरोपका ठूला ठूला क्लबले अनुबन्धन गर्न हात अगाडि बडाए । तर, उनको रोजाइमा भने जर्मन क्लब पर्न सफल भयो । उनी जर्मन बुन्डेस लिगा क्लब बोरोसिया डर्टमन्डमा गए । 

डर्टमन्डमा उनले मात्र आठ लिग खेल खेल्दै ९ गोल गरेका छन् । डर्टमन्डका लागि उनले दुई च्याम्पियन्स लिग खेल खेल्दै दुई गोल गरेका छन् । 

यसरी चर्चा कमाएका हालान्ड पछिल्लो समय विश्वकै महंगो युवा फुटबल खेलाडीको दोस्रो स्थानमा पर्दछन् । उनको मूल्य हाल १०१ मिलियन युरो रहेको छ । उनी डर्टमन्डमा आउँदा २० मिलियन युरो थियो ।

एकै सिजन ठूलो चर्चा कमाएका हालान्ड युरोपियन फुटबलमा रोनाल्डो र मेस्सी पछिका स्टार खेलाडी हुने चर्चा छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १२, २०७६  १२:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC