site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संविधान र कानुनमा भएको व्यवस्था बुझाउन नसक्दा कार्यान्वयनमा समस्या भयो : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधान र कानुनमा भएका व्यवस्थाको बारेमा आमजनतालाई बुझाउन नसक्दा संविधान र कानुन कार्यान्वयनमा समस्या आएको बताएकी छन् । 

शुक्रबार नेपाल पत्रकार महासंघ ललितपुर शाखाको १४औँ अधिवेशन तथा वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री शर्माले संविधान र कानुनमा भएका व्यवस्थाका बारेमा जनतालाई बुझाउन नसक्दा कार्यान्वयनमा समस्या आएको बताएकी हुन् । उनले राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई संविधानमा लेखिसकेपछि पनि कार्यान्वयन हुन नसकेको बताइन् । 

Dabur Nepal
NIC Asia

"कानुनमा उल्लेख गरे पनि मानिसहरूको दिल, दिमागमा पुर्‍याउन सकेका छैनौँ, त्यसमा कमजोरी भएको छ," उनले भनिन् । 

आगामी दिनमा संविधान र कानुनमा भएको व्यवस्था जनतालाई जानकारी गराउनका लागि अभियान नै सञ्चालन गर्नुपर्नेमा जोड दिइन् ।


 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १६:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro