विदेश
काठमाडौं । कोरोनाभाइरसका कारण इटलीमा मंगलबारमात्रै ७४३ जनाको मृत्यु भएको छ ।
बीबीसीका अनुसार सोमबारभन्दा मंगलबार १४१ जना बढीको मृत्यु भएको छ । इटलीमा कोरानोले अहिलेसम्म ६ हजार ८२० जनाको मृत्यु भएको छ ।
शनिबार ७९३ जनाको मृत्यु भएको थियो भने आइतबार ६५१ जना, सोमबार ६०२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
अहिले विश्वमा सबैभन्दा बढी इटलीमा नै कोरोनाले असर गरेको छ । संक्रमण रोक्नका लागि लामो समय लकडाउन गरिएको भए पनि महामारी नियन्त्रणमा आएको छैन ।
प्रकाशित मिति: बुधबार, चैत १२, २०७६ ०७:३२
प्रतिक्रिया दिनुहोस्